काठमाडौं/१७ मंसिर– अध्यापन अनुमतिपत्र नक्कली भएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक जना शिक्षक विरुद्ध मुद्दा दायर गरेको छ ।
आयोगले सोमबार दाङको गुरु जजुर माध्यमिक विद्यालय रक्षाचौरमा कार्यरत राहत शिक्षक टेकमान थापा विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो । निमावि तहको अध्यापन अनुमति पत्र नक्कली भएको उजुरी परेपछि उनी विरुद्ध अनुसन्धान गर्ने क्रममा अध्यापन अनुुमतिपत्र नक्कली भेटिएको आयोगले जनाएको छ ।
थापाले झुुट्टा एवं नक्कली अध्यापन अनुुमति पत्र पेश गरी राहत शिक्षकको रुपमा कामकाज गरेको पाइएकोले उनी विरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ उपदफा (१) बमोजिम सजाय हुन माग दाबीसहित आयोगले मुद्धा दायर गरेको छ ।