माध्यमिक तह छात्रवृत्तिका लागि आवेदन सम्बन्धी सूचना

काठमाडौं/१६ मंसिर– नेपालभरका सामूदायिक विद्यालयका माध्यमिक तह (कक्षा ९ र १२) मा अध्ययनरत विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरिने भएको छ ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, शिक्षा तथा मानव स्रोत विकास केन्द्र तथा विद्यालय वित्तिय सहयोग कोष समितिको सहकार्यमा नेपालभरका सामूदायिक विद्यालयका माध्यमिक तहमा अध्ययनरत विपन्न विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गर्न लागिएको हो ।
माध्यमिक तह (कक्षा ९ र १२) मा अध्ययनरत विपन्न विद्यार्थीहरुको पहिचान गरी छात्रवृत्ति प्रदान गरिने छ । छात्रवृत्ति प्राप्त गर्नका लागि कक्षा ८ र १० मा अध्ययनरत विद्यार्थीहरुले पीएमटी फारम भर्ने तथा विद्यालयहरुले सो फारम भराउनुुपर्छ ।

https://www.doe.gov.np/assets/uploads/files/631731991fec3f9a693e5fef42ef6d6f.pdf