गैरकानुनी रुपमा विद्यार्थी भर्ना गर्ने भारतीय शैक्षिक संस्थालाई कारबाही गर्न ईक्यानको माग

काठमाडौं/२८ भदौ-नेपाल शैक्षिक परामर्श संघ (इक्यान) ले विद्यार्थीहरलाई यस्तो अवस्थामा नआवश्यक शैक्षिक प्रलोभन देखाउने कार्वाही गर्न माग गरेको छ ।


इक्यानले प्रेस विज्ञप्ति जारी गर्दै यस्तो महामारीको अवस्थामा भारतस्थित केही शैक्षिक संस्था, कलेज र तिनका प्रतिनिधिहरुले सामाजिक सञ्जाल लगायतका माध्यमबाट नेपाली परामर्शदाताहरुलाई अनौपचारिक सम्बन्ध सम्पर्कमा लिँदै तथा व्यक्तिगत सम्पर्कको आधारमा समेत भर्ना तथा छात्रवृत्ति लगायतको प्रलोभनपूर्ण क्रियाकलाप सञ्चालन गरेका पाइएकाले यस्ता क्रियाकलाप प्रति ध्यानाकर्षण जनाएको छ ।

इक्यानले यस्ता क्रियाकलाप नेपालको प्रचलित ऐन कानुन तथा नेपाल सरकार शिक्षा मन्त्रालयद्वारा जारी गरिएको शैक्षिक परामर्श तथा भाषा शिक्षण सम्बन्धि निर्देशिका २०७३ का विरुद्ध भएको बताएको छ । इक्यानले मन्त्रालयको स्वीकृत एवं प्रचलित ऐन कानुन र निर्देशिकाको व्यवस्था भन्दा बाहिर गएर नेपाली विद्यार्थीलाई भर्ना तथा छात्रवृत्ति लगायतका सुविधाको प्रलोभन देखाउन भ्रमिक विज्ञापन प्रकाशित र प्रसारित गरी गैरकानुनी क्रियाकलापमा संलग्न भएका व्यक्ति, समूह तथा सम्बन्धित कलेजका प्रतिनिधिहरुलाई आवश्यक कानुनी कार्वाही गर्न माग गरेको छ ।