काठमाडौं/२८ भदौ – मध्यपश्चिमाञ्चल विश्वविद्यालयको एक जना पदाधिकारीमा कोरोना संक्रमण पुष्टि भएकाले भोलिदेखि एक हप्ताका लागि सम्पूर्ण सेवा बन्द गरिने भएको छ । विश्वविद्यालयले एक सूचना जारी गर्दै केन्द्रीय कार्यालय र डीन कार्यालयको सम्पूर्ण सेवा एक हप्ताका लागि बन्द गरिने जनाएको छ । विश्वविद्यालयले निकायहरुमा कार्यरत पदाधिकारी, शिक्षक र कर्मचारीहरुले निकाय प्रमुखको नियमित सम्पर्कमा रही आवश्यक कार्य घरबाटै गर्न अनुरोध गरेको छ ।