इष्टुले शिक्षा शाखामा लगाएको ताला शिक्षा शाखाले तोडे पछि धर्नामा


काठमाडौं/२८ भदौ – लामो समयदेखि पारिश्रमिक नपाएको भन्दै कञ्चनपुरको भीमदत्त नगरपालिकाको शिक्षा शाखामा निजी शिक्षकहरुले लगाएको ताला शिक्षा शाखाले तोडेपछि शिक्षकहरु भर्नामा बसेका छन् ।


संस्थागत विद्यालय शिक्षक युनियन (इष्टु)ले ताला तोडेको विरोध गर्दै कार्यालय घेराउ गरी धर्नामा बसेका हुन् । इष्टुले विद्यालयका शिक्षकहरुको जायज मागको सम्बोधन गर्नुको साटो बिना छ्लफल र जानकारी बिना ताला तोडेकाले कार्यालयमा धर्ना दिएको जनाएको छ ।


भदौ २० गते निजी स्कुलमा थोरै पारिश्रमिकमा काम गरिरहेका निजी शिक्षकहरुले तलब पाउनुपर्छ भन्दै इष्टु जिल्ला समिति र भिमदत्त ना।पा अन्तर्गतको समितिले भिमदत्त ना।पा अन्तर्गतको शिक्षा विभागमा आवश्यक समन्वय गरिदिन तालाबन्दी गरेको थियो । इष्टुले २र४ जना मात्रै देखेर यसलाई सामान्य रुपमा लिएर यस पश्चात् उत्पन हुने परिस्थितिको जिम्मेवारी स्वयम् नगरपालिकाले लिनुपर्ने चेतावनी समेत दिएको थियो ।