डा. टेकनारायण पौडेल
अहिले संसार एक हिसाबले आक्रान्त छ । सबै जनताहरु विभिन्न खालका अप्ठ्यारा अवस्थामा सामान्य दिनचार्य बिताइरहेका छन् । खासगरी बालिबालिकाहरु यो अवस्थामा विद्यालय गएर औपचारिक शिक्षा लिन सक्ने अवस्था नभएकाले अनलाइनको माध्यमबाट अध्ययन गरिरहेका छन् । कतिपय बालबालिका अनलाइन माध्यमबाट अध्ययन गर्दा जानेर वा नजानेर पनि विभिन्न खालका साइबर अपराध गर्न सक्ने अनि यसको खराब कुलतमा फस्न सक्ने अवस्था सृजना भएको छ ।
अब ‘साइबर कुलत’ का बारेमा नेपाली समाजमा व्यापक जनचेतना नफैल्याउने हो भने यो एउटा डरलाग्दो महामारी बन्ने खतरा छ। अभिभावकहरुको पनि यसमा सकारात्मक भूमिका आवश्यक छ । पहिला पहिला बालबालिकाहरु खासगरी लामो छुट्टी दशैँ तिहार जस्ता चाडपर्वहरुमा मात्र मोबाइलहरु चलाउने अनि सामाजिक संजालमा बस्ने भुल्ने वनतावरण बन्दथ्यो । तर, अहिले जतिबेला पनि छुट्टी नै छुट्टी छ । विद्यार्थीहरु जतिबेला पनि अनलाइन कक्षा छ भन्छन् वा भनौं विद्यालय शिक्षा नलिएका बालबालिकाहरु पनि विभिन्न खालका इलेक्ट्रोनिक साधनहरु आइप्याड, ट्याब, स्मार्ट फोन हातहातमा लिएर बसेको देखिन्छ । यस्तो अवस्थामा पर्याप्त मात्रामा साइबर कानुन अनि साइबर कुलतका बारेमा शिक्षा दिन सकिएन भने हामीले समाजमा देखेका जाँडरक्सी खाने वा कुनै ड्रगको लत बसेका बालबालिका भन्दा खतरा हुने कुरा बेलैमा सोच्न जरुरी छ । यसको अत्यधिक प्रयोगले अभिभावकहरुले आफ्ना बालबालिकालाई जाँडरक्सी भन्दा खराब कुलत जसको प्रभावले शारीरिक मानसिक लगायतका कुरामा असर गर्छ भन्ने कुरामा हेक्का राख्नु पर्छ । बालबालिका पर्ने मनोवैज्ञानिक प्रभावले भोलिको परिणाम नकारात्मक दिसा तर्फ उन्मुख हुन्छ भने समयमा नै किन सही शिक्षा नदिने ?
विद्यार्थीहरु जतिबेला पनि अनलाइन कक्षा छ भन्छन् वा भनौं विद्यालय शिक्षा नलिएका बालबालिकाहरु पनि विभिन्न खालका इलेक्ट्रोनिक साधनहरु आइप्याड, ट्याब, स्मार्ट फोन हातहातमा लिएर बसेको देखिन्छ । यस्तो अवस्थामा पर्याप्त मात्रामा साइबर कानुन अनि साइबर कुलतका बारेमा शिक्षा दिन सकिएन भने हामीले समाजमा देखेका जाँडरक्सी खाने वा कुनै ड्रगको लत बसेका बालबालिका भन्दा खतरा हुने कुरा बेलैमा सोच्न जरुरी छ ।
अहिले पनि बालबालिकाहरु प्राय अनलाइन कक्षा छ भनी जतिबेला पनि घरमा ढोका लगाएर बस्ने अनि विभिन्न खालका अनलाइन खेलहरु खेल्ने गरेको भेटिन्छ । बिहान उठेपछि केही खानेकुरा खाने अनि मुन्टो गाडेरै बस्ने, कहिलेकाही अस्वाभाविक आवाज पनि निकाल्ने गर्दछन् । बुज्दै जाँदा अहिले बढी प्रचलनमा आएका अनलाइनको माध्यमबाट खेल्न मिल्ने पब्जी , फ्री(फायर जस्ता खेल आफ्नो साथीसँग खेल्ने गरेको पाहियो । समाजमा यो विकृतिको रुपमा विकास भएको र कतिपयले त यो खेल खेल्ने क्रममा आत्महत्या गरेका घटनाहरु सुनिन्छन् । जबसम्म कुनै घटना घट्दैन तबसम्म बालबालिका भुलिरहेका छन्, जे सुकै होस् ठिक छ भन्ने पनि अभिभावकको आशय देखिन्छ । जब घटना घट्छ अनि परिणाम समाल्न नसकिने हुन सक्छ हामी कुन बाटो रोज्ने भन्ने कुरा हाम्रो हातमा छ ।
यस्ता खेल अनलाइन खेलमा तिनीहरु डुबिरहेका अवस्थामा तपाई केही काम गराउँदा पनि रिसाउने, झर्किने जस्तो व्यवहार देखाइरहेका हुन्छन् । अझ भनौ उनीहरुलाई तपाईले डिस्ट्रब गर्दै हुनुन्छ, उनीहरुको ध्यान भंग गर्दै हुनुन्छ । सम्झनुस् तपाईका छोराछोरीले साइबरको माध्यमबाट आफ्नो भविस्य बिगारी रहेका छन् । यो अवस्था आज लगभग सबैतिर व्याप्त छ। विद्यालयमा पनि बालबालिकाहरुले आजकल यस्तै गेमका विषयमा कुरा गरेको मैले सुनेको थिए, जतिबेला भौतिक कक्षा हुन्थ्यो । त्यति मात्र होइन, हरेक पल्टको अभिभावक बैठकहरुमा मैले नियमित सुन्ने गरेको मुख्य समस्या नै यहि थियो भन्दा हुन्छ । अहिले पनि पढाइ प्रति तीनको रुचि छैन। आफ्नो दैनिकी के हो त्यो थाहा छैन ? आफ्नो भविस्य कता जादै छ त्यो पनि थाहा छैन ? थाहा छ त केवल अहिलेको भर्चुअल दुनियाँ ।
विद्यार्थीले ‘इलर्निङ’ बाट आफूलाई सक्षम बनाउन सक्छन्। ‘गुगल सर्च’ बाट आवश्यक विषय खोजेर आफ्नो समस्या समाधान गर्ने ठूलो अवसर आजका विद्यार्थीलाई प्राप्त छ। ‘युट्युब’ मा थुप्रै सिकाइसँग सम्बन्धित भिडियोहरु हेरेर विद्यार्थीले आफ्नो पढाइसँग सम्बन्धित विषयवस्तुको जिज्ञासा मेट्न सक्छन्।
अहिले इन्टरनेट तथा सामाजिक सञ्जालको प्रभाव र प्रयोग विश्वव्यापी रुपमा बढ्दो छ। यो आजको प्रविधिमैत्री दुनियाँमा आवश्यक पनि छ । विज्ञान र प्रविधिबाट भित्रिएका प्रत्येक वस्तुका आफ्नै फाइदा र बेफाइदा हुन्छन्। इन्टरनेट र सामाजिक सञ्जालका धेरै फाइदा र उपयोगिता छन्। यसबाट विद्यार्थीले प्रशस्त ज्ञान र सीप आर्जन गर्न सक्छन्। यसमा जे खोज्यो त्यही पाइन्छ। विद्यार्थीले ‘इलर्निङ’ बाट आफूलाई सक्षम बनाउन सक्छन्। ‘गुगल सर्च’ बाट आवश्यक विषय खोजेर आफ्नो समस्या समाधान गर्ने ठूलो अवसर आजका विद्यार्थीलाई प्राप्त छ। ‘युट्युब’ मा थुप्रै सिकाइसँग सम्बन्धित भिडियोहरु हेरेर विद्यार्थीले आफ्नो पढाइसँग सम्बन्धित विषयवस्तुको जिज्ञासा मेट्न सक्छन्।
अनलाइन कक्षाहरु चल्दै गर्दा प्रविधिको माध्यमबाट कोर्सहरु घरमै बसेर पढ्न सक्छन्। आफ्नो विषयको अब्बलताको लागि, प्रयाप्तताको लागि ई( लाइब्रेरीबाट पनि विद्यार्थीले धेरै कुरा प्राप्त गर्न सक्छन्। यी बाहेक शिक्षा र सिकाइसँग सम्बन्धित थुप्रै एप्पसहरु निर्माण भएका छन्, जसलाई घरमै बसेर विद्यार्थीले आरामसँग प्राप्त गर्न सक्छन्। तर यी कुराहरुतर्फ आजका धेरै बालबालिकाको ध्यान पुगेको देखिँदैन, न त हामी अभिभावक वा शिक्षकले नै ध्यान पुर्याउन सकेका छौँ।
यो साइबर कुलत हो। यो लागु पदार्थ दुव्र्यसनी भन्दा पनि खतरनाक रहेको अध्ययनहरुले देखाएका छन्। कलिला र अबोध मष्तिस्कका बालबालिकाहरु गेममा मान्छेलाई गोली हानेर ढालिरहेका छन्। गेममा जति मान्छे मार्यो उति लेभल बढ्दै जाने र उनीहरु त्यसमा खुसी हुँदै जान्छन्। एउटा कलिलो बालक जसलाई भविस्यको कर्णधारका रुपमा हामीले शान्ति, मैत्री, सद्भाव, मर्यादा, अनुशासन, संस्कार सिक्नुपर्नेमा उनीहरु मान्छे मार्ने कुरा सिकिरहेका छन्।
अहिले संसारमा टेलिभिजनमा भन्दा इन्टरनेट बालबालिकाहरुकामा लोकप्रिय भएको र उनीहरुले इन्टरनेटमा बढी समय बिताउने गरेको देखिन्छ । अहिले मानिसहरु बन्दाबन्दीको अवस्थामा छन् । ठुला उमेरका मानिसहरु पनि टेलिभिजन भन्दा इन्टरनेटमा बढी समय व्यतित गरेको तथ्यले देखाएको छ भने बालबालिकाहरु त जरुर समय बिताउने नै भए । नेपाल लगाएत विकासोन्मुख देशहरुमा यो समस्या बढ्दो छ। घरघरमा अभिभावकको र स्कूलमा शिक्षकहरुको अहिले यही गुनासो छ। यसलाई हामीले सामान्य रुपमा मात्र लिनु हुँदैन। यो साइबर कुलत हो। यो लागु पदार्थ दुव्र्यसनी भन्दा पनि खतरनाक रहेको अध्ययनहरुले देखाएका छन्।
कलिला र अबोध मष्तिस्कका बालबालिकाहरु गेममा मान्छेलाई गोली हानेर ढालिरहेका छन्। गेममा जति मान्छे मार्यो उति लेभल बढ्दै जाने र उनीहरु त्यसमा खुसी हुँदै जान्छन्। एउटा कलिलो बालक जसलाई भविस्यको कर्णधारका रुपमा हामीले शान्ति, मैत्री, सद्भाव, मर्यादा, अनुशासन, संस्कार सिक्नुपर्नेमा उनीहरु मान्छे मार्ने कुरा सिकिरहेका छन्। के यो सामान्य विषय मात्रै हो ? यसले बालमनोविज्ञानमा पार्ने गम्भीर प्रभावको बारेमा के कहिल्यै हामीले सोचेका छौँ ? ‘पबजी’ र ‘फ्रि फायर’ जस्ता गेमबाट निर्माताहरुले त पैसा कमाएका होलान् तर हाम्रा बालबालिकाका आफ्नो क्षमता, कुशलता ध्वस्त भइसकेको हामीले पत्तो नै पाएका छैनौँ। यी गेमहरुमा हुने नशामा ठूला मान्छेहरु त फँसेका छन् भने कलिला बालबालिका नफँस्ने भन्ने कुरै भएन। यसबाट बालबालिकाहरु लामो समय इन्टरनेटमा डुब्ने हुँदा उनीहरुको शारीरिक सक्रियता बिग्रिरहेको छ। उनीहरु अल्छी भइरहेका छन्। उनीहरुको व्यवहारमा नकारात्मक प्रभाव देखिइरहेको छ। यसबाट उनीहरुमा निराशा, बेचैनी र छटपटी बढ्छ।
सामाजिक सञ्जालको बढी प्रयोगले बालबालिकामा नैराश्यता सिर्जना हुने ‘ ‘डिप्रेसन’ र ‘एन्जाइटी’ जस्ता विभिन्न खालका समस्या बढ्ने देखिएको छ । नेपालमा पनि यो स्थिति गम्भीर बन्दै गइरहेको छ। फेसबुक, मेसेन्जर, इन्स्टाग्राम, टिकटक आदिमा अनावश्यक समय बिताउँदा भविष्य निर्माण गर्ने बेलाका बालबालिकाहरुको उर्वर समय खेर गएको छ।
सामाजिक सञ्जालको बढी प्रयोगले बालबालिकामा नैराश्यता सिर्जना हुने ‘ ‘डिप्रेसन’ र ‘एन्जाइटी’ जस्ता विभिन्न खालका समस्या बढ्ने देखिएको छ । नेपालमा पनि यो स्थिति गम्भीर बन्दै गइरहेको छ। फेसबुक, मेसेन्जर, इन्स्टाग्राम, टिकटक आदिमा अनावश्यक समय बिताउँदा भविष्य निर्माण गर्ने बेलाका बालबालिकाहरुको उर्वर समय खेर गएको छ।
त्यतिमात्र होइन, फेसबुक, म्यासेन्जरमा बालबालिकाहरुले गोप्य समाचार चुहाउने गरेका छन्। त्यही सूचनाका आधारमा ‘फेक आइडि’ बनाएर बालिकाहरुमाथि बलात्कार तथा अन्य यौनजन्य अपराध हुने अनि अश्लीलतातर्फ बालबालिकाहरु केन्द्रित हुन सक्छन् ।
यसरी साइबर कुलत विश्वव्यापी समस्या बनिरहेको छ। थुप्रै देशहरुले यसको दुष्प्रभावबाट बालबालिकालाई बचाउन थुप्रै कामहरु गरिसकेका छन्। हाम्रा बालबालिकाहरु ‘साइबर बुलिङ’ को शिकार भइरहेका छन्। नेपाली समाजमा मेसेन्जर, फेसबुक आदि मार्फत् चिनजान हुने, नजिकिने, भेट्ने, सम्बन्ध स्थापित गर्दै जाने र विवाह गर्ने प्रवृत्ति पनि बढ्दो छ। घटनाक्रमहरुले यही देखाएका छन्। अब ‘साइबर कुलत’ का बारेमा नेपाली समाजमा व्यापक जनचेतना नफैल्याउने हो भने यो एउटा डरलाग्दो महामारी बन्ने खतरा छ। अभिभावकहरुको पनि यसमा सकारात्मक भूमिका आवश्यक छ। एकैछिनको मायाप्यार देखाउन वा भुलाउन मोबाइल वा आईप्याड दिने र पछि कुलतमा फसिसकेपछि कराउने प्रवृत्तिले समस्याको समाधान हुँदैन। इन्टरनेटको प्रयोग अभिभावककै निगरानीमा हुनुपर्छ ।
बालबालिकाहरुले इन्टरनेटमा के चलाउने, के नचलाउने, कस्ता सामग्री हेर्ने, कस्ता नहेर्ने, साइबर कुलत के हो, अनि कति समय प्रयोग गर्ने, यसका असरहरु के हुन् रु आदि सम्बन्धमा अभिभभावक तथा शिक्षकहरुले जानकारी दिनुपर्छ। उनीहरुलाई इन्टरनेट प्रयोगका फाइदा र बेफाइदाका सम्बन्धमा जानकार बनाउनुपर्छ।
बालबालिकाहरुले इन्टरनेटमा के चलाउने, के नचलाउने, कस्ता सामग्री हेर्ने, कस्ता नहेर्ने, साइबर कुलत के हो, अनि कति समय प्रयोग गर्ने, यसका असरहरु के हुन् रु आदि सम्बन्धमा अभिभभावक तथा शिक्षकहरुले जानकारी दिनुपर्छ। उनीहरुलाई इन्टरनेट प्रयोगका फाइदा र बेफाइदाका सम्बन्धमा जानकार बनाउनुपर्छ। गेमहरु अझ ‘पब्जी’ जस्ता खतरनाक गेमहरु सरकारले नै प्रतिबन्ध लगाउने व्यवस्था गर्नुपर्छ। आजका हाम्रा बालबालिकाहरु बिग्रिए भने आजको नेपाल मात्र होइन, भोलिको नेपालको परिदृश्य पनि अवश्य सुखद हुने छैन। समयले सबै अवसर दिएको छ, त्यो सही दिशा उन्मुख हुने कि गलत तपाई हामीले नै समयमा निर्धारण गर्न सक्छौ । हाम्रै हातमा सबै चिज छँदै सही निर्णय लिने कोसिस गरौं ।
लेखकले बालबालिकाको अध्ययन भविष्यप्रतीको लक्ष्य र उपलब्धी विषयमा विद्यावारिधि गरेका छन् ।