काठमाडौं /२६ साउन – देशभर कोरोना संक्रमितको संख्या बढिरहेको भन्दै कोभिङ–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले भदौ १५ गतेसम्म बिद्यालय भर्ना प्रक्रिया स्थगित गर्न सिफारिस गरेको छ ।
यसअघि सरकारले भदौ १ गतेदेखि भर्ना प्रक्रिया सुचारु गर्ने निर्णय गरेको थियो । त्यस्तै साउन १२ गतेको मन्त्रिपरिषद्को निर्णय अनुसार २०७७ को बाँकी भएको नतिजा प्रकाशन गर्ने, भदौ १ गतेदेखि नयाँ विद्यार्थी भर्ना गर्ने र कक्षागत रुपमा विद्यार्थीको संख्यात्मक विवरण यकिन गर्ने, भर्ना भएका विद्यार्थीको तथ्यांक भराउने, नयाँ शैक्षिक सत्रमा अध्ययन गर्ने विद्यार्थीलाई पाठ्यक्रम उपलब्ध गराउने, शिक्षकहरु विद्यालयमा उपस्थित हुन भनिएको छ ।
तर देशभर कोरोना संक्रमितको संख्या बढिरहेको र शिक्षक शिक्षिकामा पनि कोरोना संक्रामण हुन थाले पछि कोभिङ–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले भदौ १५ गतेसम्म बिद्यालय भर्ना प्रक्रिया स्थगित गर्न सिफारिस गरेको हो ।