अझै भएन पोखरा विश्वविद्यालयमा उपकुलपति नियुक्ति, सशक्त आन्दोलनमा जाने प्राध्यापक संघको तयारी

काठमाडौं/२५ साउन- पाेखरा विश्वविद्यालय प्राध्यापक संघले प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपतिलाई तुरुन्त विश्वविद्यालयमा पूर्णकालीन उपकुलपति नियुक्ति गर्न माग गरेकाे छ ।

नेपालका अन्य विश्वविद्यालयहरुले ढिलै भएपनि आफ्नो मूल नेतृत्व प्राप्त गरी सकेकोमा पोखरा विश्वविद्यालयकमा पटक पटक ३ महिने उपकुलपति नियुक्ति गरी अस्थीरता निम्त्याउने कार्य भइरहेकाे प्राध्यापक संघका सभापति हेमराज पाण्डेले बताए । प्राध्यापक संघले तीन महिने नियुक्ति लिने र गर्नेलाई बहिष्कार गर्ने निर्णय गरेकाे छ । संघले अाज प्रेस विज्ञप्ति जारी गर्दै १० महिनादेखि विश्वविद्यालयकाे पूर्णकालीन उच्च कार्यकारी पद उपकुलपति, रजिस्ट्रार लगायतका पदहरुमा पटकपटक नियम विपरीत तीन महिने नियुक्ति हुँदै अाएकाले बहिष्कार गर्ने जनाएकाे छ ।

१० महिनादेखि उपकुलपति लगायतका पद रिक्त हुँदा विश्वविद्यालय सञ्चालनमा समस्या अाएकाे छ । विगत १० महिना देखि उपकुलपती, रजिष्ट्रार, तीनवटा संकायका डीन, कार्यकारी निर्देशक लगायत तीनवटै स्कुलका निर्देशकको पद रिक्त हुँदा विश्वविद्यालय शैक्षिक र प्रशासनिक काम ठप्प भएकाे छ ।

यस्तै, उपकुलपति नियुक्तिकाे अान्दोलन जारी रहेकाे बतनउँदै संघले अनशनरत विद्यार्थीकाे कार्यलाई उच्च मुल्यांकन गरी स्वास्थ्य स्थितिकाे प्रतिकुल जाेखिमबाट जाेगिदै अान्दोलनकाे अन्य विभिन्न स्वरुप अवलम्बन गर्ने जनाएकाे छ ।