काठमाडौ /२४ साउन – नेपालकै पहिलो र ठुलो भर्चुअल एडुफेयर–२०२० मा विद्यार्थी एवम अभिभावकहरुको आकर्षण बढ्दो देखिएको छ । कलेज रिडर्सले श्रावण २१ गते बुधबार देखि आयोजना गरेको भर्चुअल एडुफेयर virtualedufairnepal .com मा भ्रमण गर्नेहरुको संख्या दिनदिनै बढ्दै गएको छ । एडुफेयर सुरु भएको तेश्रो दिन सम्ममा ४२ हजार भन्दा बढिले virtualedufairnepal .com भ्रमण गरेका छन् भने ५४४ जना विद्यार्थीले छात्रवृत्तिमा नाम दर्ता गरिसकेका छन् ।
श्रावण २१ गते देखि भएको फेयर भाद्र १० गते सम्म संचालन हुने फेयर संयोजक रामहरि सिलवालले बताए । उक्त भर्चुअल फेयरमा ५ लाख भन्दा बढि विद्यार्र्थी र अभिभावकले भ्रमण गर्ने अपेक्षा गरिएको उनले बताए ।
राजधानी लगायत सातै प्रदेशबाट १५० भन्दा बढी ठुला, मझौला र साना कलेजहरुको सहभागिता रहेको भर्चुअल एडुफेयर–२०२० ले कक्षा ११ मा भर्नाका लागि उचित कलेज छान्न विद्यार्थी र अभिभावकलाई मद्दत पुग्ने विश्वास गरिएको छ ।
२ करोड भन्दा बढि छात्रवृत्तिको योजना रहेको यस भर्चुअल एडुफेयर–२०२० ले योग्यता, क्षमता र आवश्यकताको आधारमा अनलाइन परिक्षा, प्रतियोगिता तथा आवश्यकताको आधारमा पूर्ण तथा आंशिक छात्रावृत्तिको व्यवस्था गरेको र सयौं विद्यार्थीहरुले कक्षा ११ र १२ दुवैमा पढ्न पाउने व्यवस्था रहेको आयोजक समितिले जनाएको छ ।
यसरी लिन सकिन्छ स्कलरशिपमा भाग ।
१. virtualedufairnepal .com मा log in गर्ने ।
२. नाम रजिष्ट्रर गर्ने र sign up गर्ने
३. स्कलरसिप वा Talent hunt competition मध्ये एक छान्ने ।
४. स्कलशिप टेष्ट २०७७ मा click गर्ने
५.science र Non science मध्ये एक छान्ने ।
६ start exam set मा click गर्ने ।
७. Start Now मा click गर्ने र objective Questions को Answer गर्ने हरेक Question एक मिनेट भित्रमा उत्तर दिइसक्नु पर्नेछ र अर्को Question मा जाँदै अन्त्यमा submit गर्ने ।