काठमाडौं/१२ साउन- पूर्वाञ्चल विश्वविद्यालयले भदौकाे पहिलाे साता परीक्षा सञ्चालन गर्ने निर्णयबाट पछि हटेकाे छ ।
विश्वविद्यालयले पछिल्लो समय काेराेना संक्रमणकाे कारणले केही जिल्लाहरुमा निषेधाज्ञा जारी भएकाले स्थिति सामान्य भएपछि परीक्षा तालिका सार्वजनिक गर्ने जनाएकाे छ ।
विश्वविद्यालयले सरकारले लकडाउनकाे अन्त्य भएकाे घाेषणा गरेसँगै स्थगित भएकाे परीक्षा भदौ महिनाकाे पहिलाे सातादेखि सामाजिक दूरी र स्वास्थ्य सुरक्षालाई ध्यानमा राख्दैन सञ्चालन गर्ने सूचना जारी गरेकाे थियाे ।
विश्वविद्यालयले सम्बन्धित कलेजहरुलाई नै परिक्षा केन्द्र कायम गरेको थियो ।