सरकारले भदौ १ गतेदेखि विद्यार्थी भर्ना,परीक्षाका कार्यक्रम शैक्षिक गतिविधि सुरु गर्ने निर्णय

काठमाडौं/६ साउन- सरकारले भदौ १ गतेदेखि विद्यार्थी भर्ना थाल्ने भएकाे छ । साेमबार बसेकाे मन्त्रीपरिषद् बैठकले यस्ताे निर्णय गरेकाे मंगलबारकाे पत्रकार सम्मेलनमा सञ्चारमन्त्री तथा अर्थमन्त्री युवराज खतिवडाले जानकारी दिए ।

बैठकमा भदौ १गतेदेखि परीक्षाका कार्यक्रम शैक्षिक गतिविधि सुरु गर्ने पनि निर्णय भएकाे छ । लकडाउनका कारण माध्यमिक तह कक्षा ११ र १२, स्नातक र स्नातकोत्तर तहकाे परीक्षा स्थगित भएकाे थियाे ।