शैक्षिक क्षेत्रलाई मौद्रिक नीतिले समेटेन

काठमाडौं/२ साउन- नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले चालु आर्थिक वर्ष २०७७/ ७८ को मौद्रिक नीति सार्वजनिक गरेका छन् ।

कोभिड -१९ संक्रमणबाट प्रभावित अर्थतन्त्रलाई पुनरुत्थान गर्न कृषि, उर्जा , पर्यटन तथा घरेलु, साना एवं मझौला उद्योगमा कर्जा लगानी प्रोत्साहित गर्ने नीति अवलम्वन गरिने भनिए पनि सबै क्षेत्र सामान्य भइसक्दा सामान्य बन्न नसकेको र अहिले पनि बन्द रहेको शैक्षिक क्षेत्रलाई मौद्रिक नीतिले समेटन सकेकाे छैन ।

निजी विद्यालय, कलेज र शैक्षिक परामर्श क्षेत्रले यो क्षेत्रलाई अतिप्रभावित क्षेत्र घोषणा गर्नुपर्ने र सहुलियत पूर्ण कर्जा उपलब्ध गराउनु पर्ने माग राख्दै आएका थिए । तर, उक्त मौद्रिक नीतिले कोरोना भाइरसका कारण अतिप्रभावित भएको शिक्षा क्षेत्र भनेर नसमेटिनुका साथै शिक्षा क्षेत्रलाई कतै उल्लेख समेत गरिएकाे छैन । तर, समग्र क्षेत्रलाई जस्तै शैक्षिक क्षेत्रलाई पनि समग्रमा समावेश गरेको छ ।

पटक पटक निजी विद्यालयहरु र शैक्षिक परामर्श क्षेत्रले कोरोना भाइरस र लकडाउनका कारण आर्थिक मन्दी भएकाले सहुलियत माग गर्दै आएका थिए ।

यस्तो छ मौद्रिक नीति:

https://drive.google.com/file/d/1px4PLuAsnd-Lz3r0YActosXhkWeRSOJE/view?fbclid=IwAR3A04nOQfvqEqDWuviQy4t1Hp7uLJD1I_ko1oRbSlPnKL6wMhCrU-r3lXU