साउन दुई गतेबाट कर्णाली प्रदेशका विद्यालय सञ्चालन हुने हल्ला मात्र

काठमाडौं /३१ असार – निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन) कर्णाली प्रदेशले साउन दुई गतेबाट विद्यालय खोल्ने र विद्यालयमै पठनपाठन सुरु गर्ने कुनै निर्णय नभएको कर्णाली प्रदेशका प्याब्सन अध्यक्ष नैनसिंह खत्रीले जानकारी दीएका छन् ।

 सुर्खेत जिल्लाको विरेन्द्र नगरपालिका प्याब्सनले नगरको माध्यमिक तहका प्रधानध्यापकहरुको बैठकले साउन दुई गतेदेखि मावि तहको पठनपाठन विद्यालयमै उपस्थित भई गराउन पहल गर्ने निर्णय गरेको कुरा भएको हो तर कर्णाली प्रदेश प्याब्सनले साउन दुई गतेबाट विद्यालय खोल्ने र विद्यालयमै पठनपाठन सुरु गर्ने भन्ने कुनै निर्णय भएको होइन उनले भने  ।

विरेन्द्र नगरपालिका प्याब्सनले कर्णाली प्रदेशका अधिकांश क्षेत्र दूरशिक्षाको पहुँच बाहिर रहेकाले मावि तहका प्रअको बैठकले विद्यालय सञ्चालन गरी  कक्षा ९ र १० का विद्यार्थीलाई विद्यालयमा भौतिक दूरी कायम गरी पठनपाठन सुरु गर्न लागि पहल गर्ने भएको हो ।

कोरोना भाइरसको जोखिमबाट बच्नका लागि एउटा कक्षामा १५ जना मात्रै विद्यार्थी राख्ने, एउटा बेञ्चमा एक जना मात्र विद्यार्थी राख्ने, प्रत्येक कक्षाकोठामा विद्यार्थीहरुका लागि हात धुने पानीको व्यवस्था गर्ने, विद्यालयमा प्रवेश गर्नु अघि ज्वारो जाँच गर्ने लगायतका सतर्कता अपनाउने विद्यालय खोल्ने उनीहरुको भनाई छ ।