अष्ट्रेलियामा अध्ययनरत विद्यार्थीको अवस्था र समस्या बुझ्न नेकाले अष्ट्रेलियन राजदूतसंग छलफल गर्ने


काठमाडौं /१६ असार – राष्ट्रिय शैक्षिक परामर्श संघ (नेका) ले अष्ट्रेलियामा अध्ययन गरिरहेका विद्यार्थीहरुको अवस्था बुझ्न चासो देखाएको छ ।


राष्ट्रिय शैक्षिक परामर्श संघ (नेका)ले भोलि नेपालका लागि अष्ट्रेलियन राजदूत एच ई पिटर वडसँग फेसबुक लाइभ मार्फत कुराकानी गरी कोरोना भाइरसका कारण अष्ट्रेलियामा रहेका अन्तर्राष्ट्रिय विद्यार्थीको अवस्था, विद्यार्थीलाई परेको समस्या तथा व्यावस्थापन लगायतका विषयमा छलफल गर्न लागिएको नेकाका सचिब दिपक कोइरालाले जानकारी दिएका छन् ।

कोरोना भाइरस महामारीका कारण विदेश अध्ययनमा गएका विद्यार्थीहरु यतिबेला समस्यामा परेका छन् ।