अभिभावकसँग शुल्क नउठाउन मन्त्रालयको निर्देशन, निजी विद्यालयको समस्या बारे छलफल भइरहेको

अभिभावकसँग शुल्क नउठाउन मन्त्रालयको निर्देशन, निजी विद्यालयको समस्या बारे छलफल भइरहेको
काठमाडौं/९ असार–शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले निजी विद्यालयहरुलाई शुल्क नलिन निर्देशन दिएको छ ।
प्याब्सन र एन–प्याब्सनले संयुक्त रुपमा प्रेस विज्ञप्ति जारी गर्दै गत वर्षको बाँकी र शैक्षिक सत्र २०७७ को शुल्क बुझाउन अपिल गरेका थिए । सोमबार मन्त्रालयका प्रवक्ता दिपक शर्माले विज्ञप्ति जारी गरेर शिक्षण संस्था सञ्चालन नभएको अवधिको शुल्क नलिन निजी विद्यालयहरुलाई निर्देशन दिएका हुन् । उनले अहिलेको विषम परिस्थितमा निजी लगानीका विद्यालयहरुले भोग्नुपर्ने समस्या बोर छलफल भईरहेको समेत जनाएका छन् । विद्यालयको शुल्क सम्बन्धी अनुगमन र रेखदेख स्थानीय तहले गर्दै आएकाले मन्त्रालयले विद्यालहरुलाई स्थानीय तहसँग परार्मश गर्न आग्रह गरेको हो ।