काठमाडौं/६ असार–अध्ययनका लागि विदेश जाने विद्यार्थीलाई शिक्षा मन्त्रालयको सिफारिसमा वैदेशिक अध्ययन खुला गरिने भएको छ ।
शुक्रबार बसेको कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले यस्तो निर्णय गरेको हो । सीसीएमसीले वैदेशिक रोजगारी फेरी खुला गर्ने निर्णयसँगै वैदेशिक अध्ययन पनि खुलाएको हो ।
सरकारले कोरोना भाइरसको संक्रमण बढेसँगै उच्च शिक्षाका लागि विदेश जाने विद्यार्थीलाई एनओसी नदिने निर्णय गरेको हाे । वैदेशिक अध्ययनका लागि खुला गरेसँगै लामाे समयदेखि ठप्प भएकाे कन्सल्टेन्सी व्यवसायले राहत पाउने छन् ।