सीटीईभीटीको उपाध्यक्षमा विनायक नर्सिङ्ग कलेजका संस्थापक निर्देशक अधिकारी

काठमाडौं/५ असार– सरकारले प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सीटीईभीटी) को उपाध्यक्षमा खगेन्द्रप्रसाद अधिकारीलाई मनोनयन गरेको छ ।
असार २ गते बसेको मन्त्रिपरिषद बैठकले उनलाई मनोनय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री र अर्थमन्त्री डा.युवराज खतिवाडले जानकारी दिए । विनायक नर्सिङ्ग कलेजका संस्थापक निर्देशक समेत रहेका झापाका अधिकारी प्राविधिक विज्ञ पनि हुन् । विगत २० वर्षदेखि प्राविधिक शिक्षा क्षेत्रमा काम गरिरहेका उनले प्राविधिक खोज तथा अनुसन्धानका क्षेत्रमा समेत योगदान पुर्याएका छन् ।