विद्यालय तत्काल नखुल्ने, वैकल्पिक माध्यमबाट पठनपाठन हुने

काठमाडौं/२० जेठ– शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले हाल विद्यालय खुला गरी पठनपाठन सञ्चालन गर्ने सम्बन्धमा कुनै निर्णय नभएको जनाएको छ । कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि सरकारले गरेको लकडाउनका कारण विद्यालयहरु बन्द छन् ।

लामो समयदेखि विद्यालय बन्द हुँदा विद्यार्थीहरुको पठनपाठनमा प्रभाव परेको छ । कोरोना भाइरस संक्रमणको कारणले बालबालिकाको सिकाईमा पर्न जाने क्षतिलाई न्युनिकरण गर्न शिक्षा मन्त्रालयले वैकल्पिक प्रणालीबाट असार १ गतेदेखि पठनपाठन सुचारु गर्नका लागि निर्देशिका जारी गरेको छ ।

मन्त्रालयले जारी गरेको ‘वैकल्पिक प्रणालीबाट विद्यार्थीको सिकाई सहजीकरण निर्देशिक, २०७७’ अनुसार विद्यालयहरुले आफूलाई सहज हुने वैकल्पिक माध्यमबाट पठनपाठन गराउन पाउने मन्त्रालयले जनाएको छ ।

विद्यालय जाने उमेरका बालबालिकालाई विद्यालयमा नियमित पठनपाठन सहज अवस्था सृजना नहुञ्जेल दूर तथा खुला शिक्षा लगायत वैकल्पिक शिक्षा प्रणालीको माध्यमबाट सिकाईमा सहजीकरण गर्न उक्त निर्देशिका मन्त्रालयले जारी गरेको हो ।

यस्तो वैकल्पिक प्रणालीबाट विद्यार्थीको सिकाई सहजीकरण निर्देशिक, २०७७

https://l.facebook.com/l.php?u=https%3A%2F%2Fwww.moe.gov.np%2Fassets%2Fuploads%2Ffiles%2FALS_notice.pdf%3Ffbclid%3DIwAR2znMtbELTyT_-XTjauuliMuHSJ4DDsqoiI6uqdb8dCfXBbTnL2b4-nIZY&h=AT3j1XGPL6Cu37bAETARJXnIpPkqZ7ZPbKlQKgpcjFPRmVH_tJ0K3fKbvjOxhh0A7hqko8cdqqcDTfP1iI7wmE2vfaobpBnObjAos6JzUTWKiXY0zGdcQKHADuPy_Y3UFLYgPJ21wqdI_Gw