काठमाडौं/१९ जेठ-अर्थमन्त्री युवराज खतिवडाले संसद्मा प्रस्तुत गरेको बजेटको बुँदा नम्बर १६६मा उल्लेखित भए अनुसार सामुदायिक विद्यालयको पूर्वाधारसहितका सामग्री र शैक्षिक गुणस्तर सुधारको गर्न निजी विद्यालयलाई जिम्मेवारी दिने कुराको सांसदहरूले प्रश्न उठाएपछि आज खतिवडाले सो कुरा प्रष्ट पारेका छन् ।
सार्वजनिक विद्यालयको गुणस्तर सुधारको लागि निजी शैक्षिक सस्थलाई दिने कार्यक्रम बजेटमा समावेश भएको थियो । उक्त निर्णय प्रति विभागीय मन्त्रीदेखि सांसदहरूले प्रश्न उठाएपछि मन्त्री खतिवडाले निजीका सञ्चालकले दिने सहयोग लिन लागिएको प्रष्टाएका हुन । खतिवडाले सरकारी विद्यालयको पूर्वाधार निर्माणमा निजी विद्यालयको सहयोग लिन लागिएको बताएका छन् ।
साथै निजी विद्यालयको सामाजिक उत्तरदायित्वको अन्र्तगतको रकम सहयोग गर्नका लागि बजेटमा त्यो व्यवस्था राखिएको उल्लेख गरे प्रष्ट पारे । ‘निजी विद्यालयका सञ्चालकहरूले सामाजिक उत्तरदायित्व अन्र्तगतको आउने केही स्रोतबाट सरकारलाई सहयोग गर्छौं भनेकाले वजेटमा राखिएको उनले भने तर सरकारी विद्यालय निजीलाई हस्तान्तरण गर्न खोजेको भने होइन ।
निजि विद्यालयले सहयोग गर्ने रकम कर तिरि सके पछिको रकमबाट ‘सामाजिक उत्तरदायित्व अन्र्तगतको रकम हो उनले भने ।