असार १ बाट पठनपाठन सुरु


काठमाडौ/१८ जेठ-कोरोना भाइरसका कारण अवरुद्ध भएको पठनपाठन १ असारबाट सुरु हुने भएको छ ।


शिक्षा मन्त्री पोखरेलले आइतबार विज्ञप्ति माफर्त यो जानकारी गराएका हुन् । विज्ञप्तिमा भनिएको छ विद्यार्थीको सिकाइ सहजीकरण गर्नेसम्बन्धी निर्दे्शिका जारी भएकाले सोही अनुसार कार्यान्वयन गर्न, गराउन संघ, प्रदेश र स्थानीय तहका सम्बद्ध सबै निकायहरू तथा सरोकारवाला सबैलाई आह्वान गरेका छन् ।


साथै बालबालिकाको नियमित पठन पाठनको सहज अवस्था सिर्जना गर्नका लागि दूर तथा खुला शिक्षालगायत वैकल्पिक प्रणालीबाट सिकाइमा सहजीकरण गर्न हालै यस मन्त्रालयबाट वैकल्पिक प्रणालीबाट विद्यार्थीको सिकाइ सहजीकरण गर्नेसम्बन्धी निर्दे्शिका, २०७७ जारी गरिएको छ । यस सन्दर्भमा सो निर्देशिकालाई यही १ असार २०७७ देखि कार्यान्वयन गर्न, गराउन संघ, प्रदेश र स्थानीय तहका सम्बद्ध सबै निकायहरू तथा सरोकारवाला सबैलाई हार्दिक आव्हान गर्दछु ।’