सार्वजनिक विद्यालयको जिम्मेवारी निजी विद्यालयलाई दिनुपर्ने योजना हावादारी : बाबुराम भट्टराई

काठमाडौं/१८ जेठ–पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले शिक्षा र स्वास्थ्य क्षेत्रमा व्यापार गर्न दिन नहुने बताएका छन् ।

आगमी आर्थिक वर्षको बजेटमाथि संघीय संसद प्रतिनिधिसभाको बैठकमा आफ्ना धारण राख्दै उनले शिक्षा र स्वास्थ्यको दायित्व राज्यले लिनुपर्ने बताए । युवा जनशक्तिलाई गुणस्तीय प्राविधिक शिक्षा दिनुपर्ने उनको भनाई छ ।

 उनले सार्वजनिक विद्यालयको जिम्मेवारी निजी विद्यालयलाई दिनुपर्ने योजना हावादारी रहेको उल्लेख गरेका छन् । उनले भने, “निजी विद्यालयलाई सार्वजनिक विद्यालयको जिम्मा दिने हावादारी कुरा गर्ने ? लज्जास्पद कुरा गर्ने ? शिक्षा र स्वास्थ्य सेवा परोपकारको क्षेत्र हो ।” शिक्षा क्षेत्रमा सरकारले लगानी गर्नुपर्ने उनको भनाई थियो । यस्तै, उनले पुस्तकमाथि कर लगाएको कर खारेज गर्नुपर्ने माग समेत गरेका छन् ।