काठमाडौँ /२९ साउन – नेपाल शिक्षक महासङ्घले शिक्षा मन्त्रालयमा पेस गरेको विधान माथि छलफल गरेर मात्रै स्वीकृत गरिने मन्त्रालयले जनाएको छ । कानुनको परिकल्पना र शिक्षक समुदायको आवश्यकता अनुसार छलफल गरेर स्वीकृत गरिने मन्त्रालयले जनाएको हो ।
मन्त्रालय स्रोतका अनुसार मन्त्रालयमा पेस गरिएको विधान अध्ययन भईरहेको र आवश्यकतालाई हेरेर महासङ्घ सँग छलफल गरेर टुङ्ग्याउने तयारी भईरहेको जनाएको छ ।
यसैगरी शिक्षामन्त्री सस्मित पोखरेलले महासङ्घको विधान संशोधन हुने बताएका छन् । मिडियाहरू सँँगको कुराकानीमा सबै शिक्षकले प्रत्यक्ष रूपमा नेतृत्व चुन्ने व्यवस्था सहित विधान निर्माण गर्न लागिएको जानकारी दिए ।
शिक्षक महासङ्घको अहिलेको विधानमा सदस्य सङ्ख्या धेरै हुनै संगठनका आधारमा अध्यक्ष, महासचिव लगायतका पद बाँडफाँड गर्ने व्यवस्था छ । धेरै शिक्षकहरूले यसको विरोध गरेपछि सबै शिक्षकहरूको प्रतिनिधित्व हुनेगरी महासङ्घको विधान परिवर्तन गर्ने तयारीमा मन्त्रालय लागेको हो ।



