काठमाडौँ /३ असार – त्रिभुवन विश्वविद्यालयले विद्यावारिधिमा भर्ना खुला गरेको छ । विज्ञान तथा प्रविधि अध्ययन संस्थान अन्तर्गतका केन्द्रीय विभागहरुमा शैक्षिक वर्ष २०८३ मा भर्ना भई विद्यावारिधि अनुसन्धान गर्न इच्छुक उमेद्वारहरूका लागि भर्ना खुला गरेको हो ।
विद्यावारिधि (पिएचडी) गर्न चाहने आवेदकले २०८३ साल असार १५ गतेदेखि २०८३ श्रावण मसान्तसम्मभित्रमा शोध प्रस्तावनासहित पिएचडी भर्ना आवेदन फाराम भरी सम्बन्धित केन्द्रीय विभागमा बुझाउनुपर्नेछ ।
साथै प्रवेश परीक्षा आश्विन १६ गते बुधबार हुने र कक्षा सञ्चालन मंसिर १५ गतेदेखि हुने जनाइएको छ ।





