निजि विद्यालयलाई नियमनसँगै सपोर्ट प्रणाली पनि विकास गर्नुपर्छ

काठमाडौँ /२८ जेठ – निजी विद्यालयहरूलाई सरकारले नियमन गरेसँगै सपोर्ट प्रणाली पनि विकास गर्नुपर्ने अक्षारा स्कुलकी संस्थापक निर्देशक अञ्जु भट्टराईले आफ्नो धारणा व्यक्त गरेकी छन् ।


खबर एजुकेशनको अन्तरक्रिया कार्यक्रममा बोल्दै सरकारले नियमन गर्नु राम्रो भएपनि उनिहरूलाई टिकाई। राख्न सपोर्ट सिस्टम विकास गर्न सरकारलाई आग्रह गरेकी हुन् ।


उनले कसैले पनि धेरै पैसा भएर शिक्षामा लगानी नगरेको बताउँदै शिक्षामा योदान दिन्छु भनेर आएकालाई देशमै टिकाउन सरकारले वातावरण निर्माण गर्नुपर्नेमा जोड् दिइन ।


“निजी शिक्षामा लगानी गर्ने नागरिक पनि नेपालकै हुन् । नीतिमा काम गर्ने प्रस्टता नहुँदा प्रोजेक्टहरू रोकेर राख्नु परेको छ । धेरै पैसा भएर कसैले निजि स्कुल चलाए जस्तो लाग्दैन । लोन लिएर पनि शिक्षामा योगदान गरौँ भन्ने पनि हुन्छ । त्यसैले सरकारले नियमनसँगै निजि विद्यालयलाई सपोर्ट गर्ने प्रणाली विकास गर्नुपर्छ” उनले भनिन् ।