राहत शिक्षकको उचित समाधान खोजीनु पर्छ

काठमाडौँ /२८ जेठ – नेपाल सरकारका पूर्व सचिव तथा राष्ट्रिय परीक्षा बोर्डका पूर्व अध्यक्ष डा। महाश्रम शर्माले शर्माले २० वर्ष देखि शिक्षण पेसामा रहेका राहत कोटाका शिक्षकहरूलाई खाली हात सरकारले घर पठाउन नहुने धारणा व्यक्त गरेका छन् ।


शिक्षा मन्त्रालयमा आफू रहदा बाध्यतावश राहत कोटा निर्माण गरिएको र राहत शिक्षकहरूको स्थायित्वको प्रक्रियामा नलैजाँदा अहिले त्यसले आफूलाई पीडा हुने गरेको उल्लेख गर्दै सो कुरा बताएका हुन् ।


खबर एजुकेशनको अन्तरक्रिया कार्यक्रममा बोल्दै राहत शिक्षकका समस्या वर्षौंदेखि समाधान हुन नसकेको उल्लेख गर्दै सरकारले उनिहरूका लागि न्यायोचित समाधान खोज्नुपर्नेमा जोड् दिए ।


“विगतका नीतिगत निर्णयका कारण अहिले जटिल अवस्था सिर्जना भएको छ । मेरै समयमा हामीले नै राहत कोटा निर्माण गरेका हौ । त्यसो जिम्मेवारी हामीले लिनुपर्छ । तर अन्य शिक्षकहरू स्थायी प्रक्रियामा जाँदा राहत कोटाका शिक्षकलाई नलैजानु अन्याय हुन्छ । त्यसको पीडा मलाई छ । त्यसैले उनिहरूलाई खाली हात घर पठाउने भन्दा पनि उचित प्रोत्साहन र न्यायोचित समाधान खोज्नुपर्छ ” उनले भने ।


हेर्नुहोस भिडियोमा