१९ थरीका शिक्षकलाई एकै थरीका बनाउने योजनामा छौं : पौडेल

काठमाडौँ /२६ जेठ – राष्ट्रिय स्वतन्त्र पार्टीको सामुदायिक विद्यालयका १९ थरीका शिक्षकलाई एकै थरीका बनाउने योजना रहेको शिक्षा विभाग सदस्य तोयनारायण पौडेलले बताएका छन् । सामुदायिक विद्यालयको गुणस्तरमा सुधार ल्याउनका लागि सो योजना रहेको बताएका हुन् ।


खबर एजुकेशनको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले १९ थरीका शिक्षकलाई एकै थरीका बनाउन अलिकति कसरत गर्नुपर्ने धारणा व्यक्त गर्दै केही जोखिम भएपनि त्यसलाई कार्यान्वयन गर्नुपर्ने बताए ।


उनले भने “१९ थरीका शिक्षकलाई एकै थरीका बनाउन अलिकति कसरत गर्नुपर्ने छ । यसमा केही जोखिम पनि छ । किनभने कतिपय शिक्षकहरू आउट हुने सम्भावना पनि छ । जसले गर्दा राज्य वा सरकारलाई अलिकति अप्ठेरो पर्न सक्छ त्यसलाई हेरिरहेका छौँ । यसमा धेरै शिक्षकहरूको विरोध पनि आईरहेको छ ।”