प्रारम्भिक बालविकास तथा शिक्षासम्बन्धी मापदण्ड कार्यान्वयन गर्न निर्देशन

काठमाडौँ/२५ जेठ – शिक्षा तथा मानव स्रोत विकास केन्द्रले प्रारम्भिक बालविकास तथा शिक्षासम्बन्धी नीति, नियम तथा मापदण्ड कार्यान्वयन गर्न निर्देशन दिएको छ । सूचना जारी गर्दै। सबै शिक्षा विकास तथा समन्वय एकाइ तथा स्थानीय तहलाई निर्देशन दिएको हो ।


सूचनाअनुसार प्रारम्भिक बालविकास केन्द्रमा ४८ देखि ६० महिनासम्मका बालबालिकालाई मात्र भर्ना गर्न, एक भन्दा बढी बालविकास केन्द्र भए एउटा केन्द्रमा बढीमा २५ जना विद्यार्थी राख्न, विद्यालयमा न्यूनतम १ बालविकास केन्द्र हुनेगरी बालविकास कोटालाई पुनर्वितरण गर्न भनिएको छ ।


साथै बालविकास केन्द्रमा राष्ट्रिय मापदण्डअनुसारका सिकाइ सामग्री, बालमैत्री संरचना, ६ सिकाइ क्षेत्र, सफा शौचालय, साबुन पानीको सुविधा तथा सुरक्षित बसाइ व्यवस्थापन अनिवार्य गर्न निर्देशन दिएको छ ।