काठमाडौँ /१० पुष – विदेशी कलेजहरूसँग सम्बन्धन लिएर नेपालमा नै पढाउने कलेजहरू र विदेशमा अध्ययनमा पठाउने भनेर खोलिएका कन्सल्टेन्सीहरूबाट ठगिएका विद्यार्थीहरूलाई उजुरी दिन आग्रह गरिएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुन त्यसता कलेज र कन्सलटेन्सीबाट विद्यार्थी ठगिएको धेरै गुनासो आएकोले उजुरी दिन आग्रह गरेका हुन् ।
उनले सामाजिक सञ्जाल मार्फत विदेशी कलेजहरूसँग सम्बन्धन लिएर नेपालमा नै पढाउने केही कलेजहरू र विदेशमा पढ्न पठाउने भनेर खोलिएका केही कन्सल्टेन्सीहरूले झुटो आश्वासन र प्रलोभन दिई नेपाली विश्वविद्यालयको भन्दा पनि कम गुणस्तर भएको शिक्षा दिने र विद्यार्थीहरू अलपत्र पार्ने धेरै उजुरीहरू आएको उल्लेख गर्दै त्यसलाई रोकथाम र सुधार गर्नको लागि ठगिएका विद्यार्थीलाई उजुरी दिन भनेका छन् ।
उनले भनेका छन् “विदेशी कलेजहरू सँग सम्बन्धन लिएर नेपालमा नै पढाउने केही कलेजहरू र विदेशमा पढ्न पठाउने भनेर खोलिएका केही कन्सल्टेन्सीहरूले झुटो आश्वासन र प्रलोभन दिई नेपाली विश्वविद्यालयको भन्दा पनि कम गुणस्तर भएको शिक्षा दिने र विद्यार्थीहरू अलपत्र पार्ने धेरै उजुरीहरू आएका छन् । त्यसलाई रोकथाम र सुधार गर्नको लागि शिक्षा मन्त्रालय अघि बढिसकेको छ । ठगीमा परेका धेरै भन्दा धेरै विद्यार्थीहरूले प्रमाण सहित लिखित उजुरी दिनु होला ।”



