स्नातक, स्नातकोत्तर र विद्यावारिधिमा छात्रवृत्तिका लागि ३० सिटमा आवेदन माग

काठमाडौँ /२७ मंसिर – शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय छात्रवृत्ति शाखाले छात्रवृत्तिका लागि आवेदन माग गरेको छ । शैक्षिक सत्र २०२६/२०२७ का लागि चीन सरकारबाट स्नातक, स्नातकोत्तर तथा विद्यावारिधि तहको छात्रवृत्तिका लागि ३० सिटमा दरखास्त माग गरिएको मन्त्रालयले जनाएको छ ।


मन्त्रालयको मंसिर २६ को निर्णयअनुसार खुला तथा आरक्षणमा स्नातक, स्नातकोत्तर तथा विद्यावारिधि तहका लागि क्रमश पौष ६, ११ र १८ गतेभित्रमा रीतपूर्वक निवेदन दिनुपर्ने सूचनामा उल्लेख गरिएको छ ।


विस्तृत विवरण हेर्नुहोस
www.moest.gov.np