शिक्षामन्त्रीले भने : सर्को तानेको बेलामा केही पनि नबोल्न र नलेख्न अनुरोध छ

काठमाडौँ/१६ कार्तिक – शिक्षा, विज्ञान तथ प्रविधि मन्त्री महावीर पुनले केही आशा लागेका अभियन्ताहरूले बेला बेलामा सामाजिक सञ्जालमा सर्को तानेर बोलेको र लेखेको जस्तो लाग्ने गरेको बताउँदै त्यसो नगर्न अनुरोध गरेका छन् ।


काठमाडौँका मेयर बालेन साहले अश्लील शब्द प्रयोग गरेर सामाजिक सञ्जालमा लेखेको भन्दै आलोचना भएपछि मन्त्री पुनले यस्तो प्रतिक्रिया दिएको हुन् सक्ने अनुमान गर्न सकिन्छ ।


मन्त्री पुनले सर्को ताने पनि केही छैन भन्दै सर्को तानेको बेलामा केही पनि नबोल्न र नलेख्न अनुरोध गरे ।


उनले सामाजिक सञ्जालमा लेखेका छन् ’केही केही आशा लाग्दा अभियन्ताहरू र अगुवाहरूले बेला बेलामा सर्को तानेर बोलेको र लेखेको जस्तो जस्तो लाग्छ । सर्को ताने पनि केही छैन । तर सर्को तानेको बेलामा केही पनि नबोल्न र नलेख्न अनुरोध छ ।’