स्नातक तह उत्तीर्ण गरेका किशोरीलाई प्रोत्साहन रकम प्रदान गरिने

nepali money

सिन्धुली/१६ कार्तिक – सिन्धुलीको मरिण गाउँपालिका गाउँपालिकाले स्नातक तह उत्तीर्ण गरी विवाह गर्ने किशोरी तथा अविवाहित महिलाको लागि प्रोत्साहन रकम प्रदान गर्ने भएको छ ।


२० वर्ष उमेर पुरा भएका मरिण गाउँपालिका क्षेत्र भित्र सञ्चालित क्याम्पसमा अध्ययन गरी स्थायी रूपमा बसोबास गर्ने स्नातक तह उत्तीर्ण किशोरी तथा अविवाहित महिलालाई प्रोत्साहन रकम प्रदान गर्ने भएको हो ।


गाउँपालिकाको आ।व। २०८२÷८३ को वार्षिक बजेट तथा कार्यक्रम अनुसार एक लाख नगद हस्तान्तरण गर्ने भएको जनाएको छ । उक्त रकम हस्तान्तरण गर्नका लागि किशोरी तथा अविवाहित महिलालाई आवेदन माग गरेको छ ।


साथै कार्तिक २७ गतेभित्र कार्यविधि,२०७९ बमोजिम आवश्यक कागजातहरू संलग्न गरी मरिण गाउँपालिकाको कार्यालयमा आवेदन दिन आग्रह गरेको छ ।