काठमाडौँ /१३ कार्तिक – सरकारले विदेशमा उच्च शिक्षा अध्ययन गर्न जाने विद्यार्थीका लागि उपलब्ध गराउँदै आएको वैदेशिक अध्ययन अनुमति (एनओसी) सेवालाई राष्ट्रिय परिचय व्यवस्थापन सूचना प्रणालीमा जोड्ने निर्णय गरेको छ ।
बिहिवार सिंहदरबारमा मन्त्रीपरिषद्का निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चार मन्त्री जगदीश खरेलले विद्युतीय प्रणाली मार्फत राष्ट्रिय परिचय व्यवस्थापन सूचना प्रणालीमा रहेको तथ्यांकमा पहुँच उपलब्ध गराउन सक्नेगरी क्षेत्र तोक्ने निर्णय भएको बताए ।
उनले प्रचलित कानुनले तोकेको सुरक्षा मापदण्ड पुरा गरेको एकिन गरी विद्युतीय प्रणाली मार्फत राष्ट्रिय परिचय व्यवस्थापन सूचना प्रणालीमा रहेको तथ्यांकमा पहुँच उपलब्ध गराउने बताए ।



