काठमाडौँ /१३ कार्तिक – २०८२ माघदेखि २०८३ असार मसान्तसम्म अवकाश हुने शिक्षकहरूको सङ्ख्या १ हजार ४ सय ९ रहेको छ । राष्ट्रिय किताबखाना (शिक्षक०)ले सामुदायिक विद्यालयमा कार्यरत शिक्षकहरूको अनिवार्य अवकाश हुने सूची सार्वजनिक गरेको हो ।
सार्वजनिक गरिएको सुचीमा सबै भन्दा कम अवकाश लिने शिक्षकहरूमा रुकुम पूर्व र मुस्ताङ रहेका छन् । उक्त जिल्लाबाट एक एक जनाले अवकाश लिदैछन् । त्यसैगरी मोरङबाट सबै भन्दा धेरै ६४ जना शिक्षकहरू अवकाश हुँदै छन् । साथै अन्य धेरै शिक्षकहरू अवकाश हुने जिल्लामा झापाबाट ५९, काठमाडौँबाट ५२ र सप्तरीबाट ४० रहेका छन् ।



