काठमाडौँ/१३ कार्तिक – शैक्षिक परामर्श क्षेत्रमा विगत दुई दशक बढी निरन्तर काम गरेर आफ्नो छुट्टै पहिचान बनाउन सफल भएको ‘म्यापल इन्टरनेशनल एजुकेशनले ‘क्यानडा एजुकेशन एक्स्पो–२०२५’ को आयोजना गर्ने भएको छ ।
स्थापनाकालदेखि नै क्यानडालाई प्राथमिकतामा राखेर काम गर्दै आइरहेको म्यापलले आगामी कार्तिक २० गते शैक्षिक मेला गर्ने भएको हो ।
उक्त एक्स्पोमा क्यानडाका प्रतिष्ठित शैक्षिक संस्थाका प्रतिनिधिहरूको सहभागीता रहने म्यापलले जनाएको छ । क्यानडामा उच्च शिक्षा हासिल गर्न चाहने विद्यार्थीलाई सही गन्तव्य छनोट गर्न मद्दत मिलोस् भन्ने उद्देश्यले शैक्षिक मेलाको आयोजना गरिएको म्यापल इन्टरनेशनल एजुकेशनका अध्यक्ष ईश्वर ढकालले जानकारी दिए ।
अध्यक्ष ढकालका अनुसार शैक्षिक मेलामा क्यानडाका २० भन्दा बढी प्रतिष्ठित विश्वविद्यालय तथा कलेजका प्रतिनिधिहरूले पनि सहभागीता जनाउने छन् । ती प्रतिनिधिहरूसँग मेलामा सहभागी भएका विद्यार्थीहरू आफ्ना जिज्ञासा पूरा गर्ने अवसर प्राप्त गर्ने, योग्यता पुगेका विद्यार्थीले भर्ना गर्न सक्ने, छात्रवृत्ति प्राप्त गर्ने छन् । साथै एक्स्पोमा सहभागी हुने विद्यार्थीहरुलाई आइइएलटीएस वा पीटीई गर्दा ५० प्रतिशत छुट, छात्रवृत्ति र मुभी टिकट लगायतका आकर्षक गिफ्टह्यपरको पनि व्यवस्था गरिएको म्यापल एजुकेशनले जनाएको छ ।

पछिल्लो समय नेपाली विद्यार्थीहरुका लागि उच्च शिक्षा अध्ययन गर्न क्यानडाका विश्वविद्यालयहरू रोजाईमा पर्ने गरेका छन् । शैक्षिक मेला कार्तिक २० गते बिहान १०:३० बजेदेखि मध्याह्न ४ बजेसम्म हुनेछ । उक्त शैक्षिक मेला म्यापलको केन्द्रीय कार्यालय काठमाडौँ पुतलिसडकको लक्ष्मीपलाजामा हुने जनाएको छ ।
शैक्षिक मेलामा सहभागी विद्यार्थीले क्यानडामा उत्कृष्ट विश्वविद्यालयका प्रतिनिधिसँग प्रत्यक्ष भेटेर क्यानडाको शैक्षिक प्रणाली, त्यहाँको शैक्षिक वातावरण, अध्ययनपछिका अवसर तथा चुनौतीका विषयमा वान टु वान वार्ता तथा छलफल गर्ने अवसर प्राप्त गर्ने छन् । त्यस्तै भर्ना, प्रक्रिया, पाठ्यक्रम, शुल्क र अध्ययनपछिका अवसरका बारेमा जान्न सकिने म्यापलले जनाएको छ ।



