काठमाडौं/२९ साउन – उच्च शिक्षालाई रोजगारसँग जोड्न आवश्यक रहेको विभिन्न सरोकारवालाहरूले सुझाब दिएका छन् । पढाईसँगै इन्टर्नसिपको पनि राम्रो अवसर दिनुपर्ने बताउँदै पढेको सिपलाई तिखार्ने मौका दिनुपर्ने बताएका हुन् ।
खबर एजुकेशनको आयोजना र लिबर्टी कलेजको सहयोगमा उच्च शिक्षामा तत्काल देखिएका समस्या समाधानका उपाय सम्बन्धी अन्तरक्रिया कार्यक्रममा आफ्नो विचार राख्दै नेपालका उच्चशिक्षा पढ्ने विद्यार्थीहरूलाई ७५३ तहमा इन्टर्नसिपको अवसर दिनुपर्ने, भ्याकेन्सी खोल्दा दश वर्षको अनुभव खोज्ने प्रवृत्तिको अन्त्य हुनुपर्ने र प्लस–२ पढाउँदा नै विद्यार्थीलाई यो, यो विषयको अध्ययन गरेपछि यो क्षेत्रमा जान वा काम गर्न सकिन्छ भन्ने राम्रोसँग परामर्श दिने संस्कारको विकास हुनुपर्ने लगायतका सुझाब दिएका छन् ।
यसैगरी विद्यार्थीलाई स्कुल लेबलको पढाइपछि उच्च शिक्षा के पढ्ने भन्ने नै दोधार हुने गरेकोले यसबारे बुझाउने संस्कार विकास गर्न आवश्यक रहेको उनिहरूको भनाई छ । नेपालमा परीक्षा पद्धतिलाई हाउगुजी बनाउँदा र नम्बर मात्र हेर्ने नियमले गर्दा विद्यार्थीमा फेल पासको मनोविज्ञान हुने गरेकोले पनि विश्वविद्यालय प्रति आर्कषण घटेको हुन सक्ने बताए ।
हिलसाइड इन्जिनियरिङ कलेजका संस्थापक निर्देशक गोपीकृष्ण न्यौपानेले हाल कलेज, विश्वविद्यालय खाली/खाली रहेको बताउँदै विद्यार्थीले थोरै छात्रवृत्ति पाएपनि धेरै रकम उनका अभिभावकले बैँकबाट ऋण लिएर विदेश पठाउने गरेको बताए । एकातिर नेपालमा नयाँ विश्वविद्यालय खोल्ने क्रम जारी रहेको अर्को तिर विश्वविद्यालयमा विद्यार्थी नभएको उल्लेख गर्दै विद्यार्थीलाई नेपालमै रोक्नका लागि विद्यार्थीहरूलाई ७५३ तहमा इन्टर्नसिपको अवसर दिनुपर्ने र रोजगारसँग जोड् आवश्यक रहेको बताए ।
उनले भने “विदेश जाने विद्यार्थीले थोरै छात्रवृत्ति पाएपनि धेरै रकम उनका अभिभावकले बैँकबाट ऋण लिएर विदेश पठाउने गरेका छन् । उता विद्यार्थीले बाँच्न र विविध खर्चका लागि कमाउनुपर्ने वाध्यताले पढ्न पनि सकिरहेका हुँदैनन् । नेपालमा विदेश जाँदा लिएको बैँकको ऋण पनि तिर्न नसक्ने अवस्था पनि बढ्दै गएको छ । बदलिदो परिस्थितिमा यहाँ विद्यार्थीलाई रोक्न त सकिदैन, एनओसी बन्दै गर्ने भन्दा पनि केही कन्ट्रोल भने गर्नुपर्ने अवस्था आएको छ ।”
विदेश गइसकेपछि नेपाली विद्यार्थी फर्केर आउन नचाहेको र हरेक वर्ष विद्यार्थीको भेषमा हामीले नेपाली नागरिक बेचिरहेका उनको भनाई छ । पढेका जनशक्ति निरन्तर बाहिरिएपछि दश वर्षपछि नेपालमा पढाउने शिक्षकको अभाव हुने न्यौपानेले दाबी गरे ।
काठमाडौँ वर्ल्ड स्कुलका सिइओ इ.मिथलेस झाले नेपालको उच्च शिक्षालाई सिपसँग जोड्नुपर्ने बताए । सैद्धन्तिक शिक्षा प्रणालीले उच्च शिक्षा पढिसक्दा पनि विद्यार्थीमा सिप नहुँदा समस्या भएको बताउँदै यसका लागि उच्च शिक्षाको अध्ययन गर्ने विद्यार्थीलाई थोरै समयको इन्टर्नसिप मात्र होइन, पढेको सिपलाई तिखार्ने मौका दिनुपर्नेमा जोड् दिए ।
“भ्याकेन्सी खोल्दा दश वर्षको अनुभव खोज्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ । पढेपछि जागीर मात्र खोज्ने प्रवृत्तिको अन्त्य पनि गरौँ । इन्टरप्रेनरसिपको विकास गरौँ । पढाउने शिक्षकले पनि विद्यार्थीको भावना, मागलाई बुझ्न सक्ने हुनुप¥यो” उनले भने ।
लर्डबुद्ध कलेजका संस्थापक निर्देशक पंकज जलानले प्लस–२ पढाउँदा नै विद्यार्थीलाई यो, यो विषयको अध्ययन गरेपछि यो क्षेत्रमा जान वा काम गर्न सकिन्छ भन्ने राम्रोसँग परामर्श दिने संस्कारको विकास हुनुपर्ने सुझाब विश्वविद्यालयलाई दिइएका छन् । हाम्रा विद्यार्थीलाई स्कुल लेबलको पढाइपछि उच्च शिक्षा के पढ्ने भन्ने नै दोधार हुने गरेकोले यसबारे बुझाउने संस्कारको विकास गर्नुपर्ने विचार व्यक्त गरे ।
यसैगरी स्वदेशी र विदेशी सम्बन्धन प्राप्त र सरकारी र निजि क्षेत्रले खोलेका कजेजहरूलाई कर लिदा र अन्य सुविधा दिँदा राज्यले विभेद गर्ने परिपाटी रहेको उनको भनाई छ । उनले भने “उच्च शिक्षाको विकासका लागि राज्यले सबैलाई समान व्यवहार गर्ने नीति बनाउनुपर्छ । देशभरका कलेजको अवस्थाबारे नियमन गर्ने साझा संयन्त्र हुनुपर्छ । विश्वविद्यालय खोल्दा पनि उद्देश्य स्पष्ट हुनुपर्छ । शिक्षासँग सरोकारवाला नेतृत्वले सरकारी कलेजका मात्र भेट्ने, निजिलाई भेट्दिन भन्ने विभेदको अन्त्य हुनुपर्छ । निजि क्षेत्रले पनि यस देशको भविष्यको सक्षम नागरिक बनाउन लगानी गरेको छ ।”