एसईई दिने विद्यार्थीलाई टेलिभिजन मार्फत पढाउदै वालिङ नगरपालिका

काठमाडौ /२८ चैत – स्याङ्जाको वालिङ नगरपालिकाकाले एसईई दिने विद्यार्थीलाई लक्षित गरि टेलिभिजन मार्फत पढाउन सुरु गरेको छ । कोरोनाको महामारीका कारण लकडाउनको अवधी थपिँदै गएपछि नगरपालिकाकाले टेलिभिजन मार्फत पढाउन सुरु गरेको हो ।


प्रत्येक दिन साझ ६ देखी ७ः३० बजे स्थनिय वालिङ टेलिभिजनबाट अंग्रेजी, गणित र विज्ञान लगायतका विषय पढाउन सुरु गरेको हो । विद्यार्थीलाई शिक्षकहरुसँग टेलिभिजनमा प्रत्यक्ष जोड्न नगरपालिकाले टेलिफोन, स्काईप, भाईवर लगायतका प्रविधिवाट प्रश्न सोध्न मिल्ने व्यवस्था पनि मिलाएको छ । लकडाउन अझै थपिए अरु विषय पनि टेलिभिजन मार्फत पढाउने नगरपालिकाले जनाएको छ ।


वालिङ नगरपालिकामा १३ सय ५९ जना विद्यार्थीले एसईई दिदै छन् ।