आवास बाहेक अन्य एक महिनाकाे शुल्क छुट :केन्द्र

काठमाडौं/२९ चैत–शिक्षा तथा मानव स्रोत विकास केन्द्रले निजी विद्यालयले माध्यमिक तहसम्मको एक महिनाको शुल्क मध्ये आवास शुल्क बाहेक अन्य सबै प्रकारका शुल्क छुट दिनुपर्ने जनाएको छ ।
केन्द्रले ७७ ओटै शिक्षा विकास तथा समन्वय इकाइलाई पत्राचार गर्दै यस्तो गर्न निर्देशन दिएको हो । कोरोना भाइरस (कोभिड–१९) को संक्रमणका कारण प्रभावित क्षेत्रलाई तत्काल राहत प्रदान गर्न सरकारले यस्तो व्यवस्था गरेको हो । केन्द्रले जिम्मेवारी निकाय प्याबसन, एन–प्याब्सन र हिसानलाई यो व्यवस्थालाई कार्यान्वयन गरी प्रगति प्रतिवेदन समेत तत्कालै पेश गर्न आग्रह गरेको छ । मन्त्री परिषद्को निर्णय कार्यान्वयन कार्ययोजना, २०७६ ले निजी विद्यालयसम्बन्धी यस्तो व्यवस्था गरेको हो ।

This image has an empty alt attribute; its file name is 6bf562ea9b0133fe736cf2bd1a4ffce9-page-001-1.jpg