गोल्डेनगेट कलेज द्वारा ५६० विपन्न परिवारलाई राहत वितरण


काठमाडौ /२८ – चैत्र गोल्डेनगेट इन्टरनेसनल कलेजले काठमाडौं महानगरपालिका वडा ९ का ५ सय ६० परिवारलाई राहत सामग्री वितरण गरेको छ ।


लकडाउनका कारण छाक टार्न समस्यामा परेका विपन्न परिवारलाई उक्त राहत उपलब्ध गराएको हो ।
गोल्डेनगेट कलेजको नेतृत्वमा हिसान र त्रिकुति कोलोनीले संयुक्त रुपमा राहत सामग्री वितरण गरेको गोल्डेन गेटका प्रमुख कार्यकारी अधिकृत रमेशकुमार सिलवालले जानकारि दिए ।

वडा कार्यालयको समन्वयमा विपन्न परिवारलाई चामल, दाल, चिउरा, नुन, तेल, मन्जन लगायतका राहत सामग्री उपलब्ध गराएको वडाध्यक्ष रामकृष्ण श्रेष्ठले बताए ।


वडा अध्यक्ष श्रेष्ठका अनुसार योसहित विपन्न परिवारलाई चार चरणमा १ हजार ७ सय १५ परिवारलाई राहत वितरण गरिसकिएको छ । बाँकी लगभग २००० परिवारलाई छिटै नै राहत वितरण गर्ने कुरा भइरहेको पनि उनले बताए ।