काठमाठौँ/१४ भदौ- नेपाल शिक्षक महासङ्घले भोटेकोसी बाढी प्रभावित क्षेत्रमा खोज, राहत, उद्धार तथा पुनर्निर्माणका लागि सहयोग गर्ने निर्णय गरेको छ ।
महासङ्घको भदौ १३ गते बसेको अनलाइन बैठकले शिक्षक–कर्मचारीबाट तह र श्रेणीअनुसार निजामती सेवाका कर्मचारी सरह आर्थिक सहयोग दिने निर्णय गरेको हो ।
“देशभित्रका हरेक बहालवाला शिक्षक–कर्मचारीबाट तह र श्रेणीअनुसार निजामती सेवाका कर्मचारी सरह आर्थिक सहयोग दिने र उक्त रकम भाद्र महिनाको तलबबाट कट्टा गरी सो केन्द्रमा रहेको प्रधानमन्त्री राहत कोषमा जम्मा गरीदिन सम्बन्धित निकायलाई अनुरोध गर्ने ” विज्ञप्तिमा उल्लेख छ ।
निर्णयअनुसार रकम कट्टा गरी प्रधानमन्त्री राहतकोषमा जम्मा गराई सो को जानकारी शिक्षा तथा खेलकुद मन्त्रालय मार्फत ने शि महासङ्घ राष्ट्रिय समितिमा गराइ दिनुहुन समेत अनुरोध गरिएको छ ।



