काठमाडौं/१३ असार – निजी विद्यालयहरूलाई सेवामूलक, लोककल्याणकारी र क्रमशः गैरनाफामुलक बनाउने विषयमा सहमति जुटेको छ । शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको शुक्रवारको बैठकले सो निर्णय गरेको हो ।
समितिको बैठकमा सभापति अम्मर बहादुर थापाले निजी विद्यालयहरू सार्वजनिक गुठीमा जान चाहे दिन सकिने छुटसम्बन्धी राखेको प्रस्तावमा छलफल गर्दै केही सांसदहरूले यसलाई ऐनमा राखनुपर्ने धारणा राखेको थिए ।
धेरै सांसदहरूले अहिलेलाई ऐनमा सेवामूलक, लोककल्याणकारी र क्रमशः गैरनाफामुलक बनाउँदै लैजाने शब्द राख्नुपर्ने र त्यसलाई सरकारले सक्दाखेरी कार्यान्वयन गर्ने धारणा राखेका थिए । समितिमा यसलाई ग्रहण गर्ने शब्द राख्दा राम्रै हुने भन्दै पारित गरिएको हो । निजी लगानीका विद्यालयका हकमा प्रस्तावित सुझाबलाई हेरी ऐनमा व्यवस्था गर्न सर्वसम्मतिबाट पारित गरिएको छ ।



