भक्तपुर/११ असार – नेसनल प्याव्सन भक्तपुरको कार्यक्रम “अन्तर विद्यालय चित्रकला प्रतियोगिता–२०८२” सम्पन्न भएको छ । सूर्यविनायक ८ सिपाडोल, भक्तपुरमा रहेको प्रसादी पाठशाला स्कुलमा आयोजना गरिएको कार्यक्रम सम्पन्न भएको हो ।
उक्त चित्रकला प्रतियोगितामा सिनियर ग्रुप तर्फ मदरल्याण्ड स्कुलकी रीया लामिछाने र जुनियर ग्रुप तर्फ आरक्षण स्कुलकी रजनी साखकर्मी प्रथम भएका छन् । नेसनल प्याव्सन भक्तपुरको सदस्य विद्यालयका कक्षा १ देखि ४ सम्मका विद्यार्थीहरू बीच जुनियर ग्रुपको “मेरो विद्यालय” शीर्षकमा चित्रकला प्रतियोगिता भएको थियो जसमा मदरल्याण्ड स्कुलको दीप सतशंकरले द्वितीय, रुबी भ्याली स्कुलकी दीक्षा राईले तृतीय र डेमोस स्कुलको ऋदम तामाङ्गले सान्त्वना स्थान प्राप्त गर्न सफल भए ।
साथै कक्षा ५ देखि ७ सम्मका विद्यार्थीहरू बीच सिनीयर ग्रुपको “हाम्रो अन्तरिक्ष” शीर्षकमा चित्रकला प्रतियोगिता भएको थियो जसमा द्वितीय स्थानमा आरक्षण स्कुलकी निर्जला सुवेदी, तृतीय स्थानमा रुबी भ्याली स्कुलको निमा तामाङ्ग र सान्त्वना स्थानमा ईडेन गार्डेनको चन्द्र जंग खड्का विजेता भए ।
कार्यक्रममा नेसनल प्याव्सन भक्तपुरका अध्यक्ष संजय खड्काले सफलतापूर्वक चित्रकला प्रतियोगिता सम्पन्न गरेकोमा आयोजक प्रसादी पाठशाला स्कुललाई हार्दिक आभार व्यक्त गर्दै विजेता विद्यार्थीहरूलाई ट्रफि, मेडल र सर्टिफिकेट प्रदान गरेका थिए । अध्यक्ष खड्काले नेसनल प्याव्सन भक्तपुरले प्रत्येक महिना कम्तीमा विद्यार्थीहरूको लागि एक कार्यक्रम गर्दै आएको र सोको आयोजना गर्ने जिम्मेवारी सदस्य विद्यालयलाई दिइएको बताए ।
प्रसादी पाठशाला स्कुलका प्रिन्सिपल दिनेश शाक्यले नेसनल प्याव्सन भक्तपुरले आफ्नो विद्यालयलाई कार्यक्रम गर्ने जिम्मेवारी दिएकोमा धन्यवाद व्यक्त गर्दै आगामी दिनहरूमा पनि यस्ता विविध कार्यक्रम गर्न तत्पर रहेको बताए ।



