प्रिमियर इन्टरनेशनल स्कुलमा ‘थ्योरी अफ नलेज’ प्रदर्शनी सम्पन्न

ललितपुर/२१ जेठ – प्रिमियर इन्टरनेशनल स्कुलले आईबिडिपी अन्तर्गत ‘थ्योरी अफ नलेज प्रदर्शनी-२०२५’ सम्पन्न गरेको छ । ‘ज्ञान मेला’ शीर्षकमा आयोजित प्रदर्शनीले विद्यार्थीहरूद्वारा प्रस्तुत गरिएको ज्ञान, अनुसन्धान र बौद्धिक चिन्तनलाई समेट्ने उद्देश्य राखिएको थियो ।


आईबिडिपी वर्ष १ का विद्यार्थीहरूले ज्ञानसम्बन्धी वैश्विक प्रश्नहरूमाथि अनुसन्धान गर्दै तीन वटा वास्तविक वस्तुहरू मार्फत विचार प्रस्तुत गरेका थिए । जसमा लेखिएको समालोचनात्मक टिप्पणी मार्फत उनीहरूको तर्क, विवेक र विश्लेषण क्षमताको प्रदर्शन गरिएको थियो । थ्योरी अफ नलेज प्रदर्शनी आईबिडिपीको अनिवार्य कोर मूल्याङ्कन मध्ये एक मानिन्छ । यसले विद्यार्थीलाई वास्तविक संसारमा ज्ञानको अवधारणालाई बुझ्न र प्रयोग गर्न प्रेरित गर्ने विद्यालयले जनाएको छ ।


प्रदर्शनीको नाम ‘ज्ञान मेला’ राखिनुको उद्देश्य कार्यक्रम ज्ञानको उत्सव मात्र नभई स्थानीय सन्दर्भमा विश्व शिक्षा जोड्ने अभ्यास रहेको सन्देश दिनु कार्यक्रमको उदेश्य रहेको विद्यालयको भनाई छ । नेपाली परिवेशमा यसले गहिरो अर्थ राख्ने हुँदा सहभागी अभिभावक र समुदायसँग अझ सघन सम्बन्ध स्थापित हुने अपेक्षा विद्यालयको छ ।


प्रदर्शनीमा विद्यार्थीहरूले एआई, ऐतिहासिक दृष्टिकोण, जातीय ज्ञान प्रणाली, वैज्ञानिक अनुसन्धानमा नैतिकता लगायतका विविध विषयमा आधार बनाएर गहन अध्ययन प्रस्तुत गरेका थिए । प्रिमियरका पिवाईपी एमवाईपी तथा अन्य साझेदार विद्यालयका विद्यार्थी, शिक्षक र अभिभावकहरूबाट कार्यक्रमको अवलोकन गरिएको थियो ।


विद्यालयकी प्राध्यापक शमा क्षेत्रीले थ्योरी अफ नलेज प्रदर्शनीले विद्यार्थीहरूको सोचको दायरा फराकिलो बनाउने, आत्मनिर्भर बनाउँने र दीर्घकालीन जीवनका लागि आवश्यक बौद्धिक उपकरणहरू प्रदान गर्ने बताइन । उनले विद्यार्थीहरूद्वारा प्रस्तुत दृष्टिकोण, तर्क र प्रश्न गर्ने क्षमतालाई प्रशंसा गरेकी थिइन ।


वैश्विक सन्दर्भमा सोच्न सक्ने, तर आफ्नै जरा र संस्कृतिसँग जडित रही योगदान दिन सक्ने नयाँ पुस्ता निर्माण गर्न प्रिमियरको आईबी डिप्लोमा कार्यक्रम एउटा उपयुक्त शैक्षिक विकल्पका रूपमा प्रस्तुत भएको विद्यालयको भनाई छ ।