काठमाडौं/२१ जेठ – हब इन्टरनेशनल एजुकेशनले ‘ग्राण्ड मल्टिडेस्टीनेशन एजुकेशन फेयर–२०२५’ आज हुँदै छ । करिब दुई दशकदेखि शैक्षिक परामर्श सेवा क्षेत्रमा अनवरत रूपमा काम गर्दै आइरहेको हब इन्टरनेशनल एजुकेशनले कक्षा १२ को परीक्षा दिएर नतिजाको पर्खाइमा रहेका विद्यार्थीहरूलाई लक्षित गरेर उक्त एजुकेशन फेयर गर्न लागेको हो ।
परीक्षा दिएर फुर्सदिला भएका विद्यार्थीलाई वैदेशिक अध्ययन र त्यहाँको शिक्षा प्रणालीबारे बुझाउने उद्देश्यले उक्त एजुकेशन फेयरको आयोजना गर्न लागिएको हब इन्टरनेशनल एजुकेशनकी सिइओ सरिता खड्काले जानकारी दिइन् ।
उनका अनुसार एकुकेशन फेयरमा विद्यार्थी र उनका अभिभावकहरूलाई निःशुल्क प्रवेश दिइएको छ । एजुकेशन मेला यही जुन ४ तारिखमा हबको केन्द्रीय कार्यालय हात्तीसारमा र जुन ५ तारिखमा ललितपुरस्थित कुमारी पाटी शाखा कार्यालयमा आयोजना हुने जनाइएको छ । एजुकेशन मेला बिहान ११ः०० बजेदेखि दिउँसो ४ः०० बजेसम्म सञ्चालन हुने जनाइएको छ ।
कक्षा १२ को अध्ययन सकेर विदेश जाने योजना बनाइरहेका तर वैदेशिक अध्ययन प्रक्रिया कसरी अघि बढाउने भनेर अन्योलमा रहेका विद्यार्थीलाई यो कार्यक्रम उत्कृष्ट अवसर बन्न सक्छ ।
शैक्षिक मेलामा आयरल्यान्ड, अष्ट्रेलिया, न्यूजील्यान्ड, क्यानडा, अमेरिका, जर्मनी, डेनमार्क, स्वीडेन, फिनल्याण्ड, र भारत लगायतका ३० भन्दा बढी उत्कृष्ट विश्वविद्यालय तथा कलेजका प्रतिनिधिहरू सहभागी हुने भएका कारण विद्यार्थी र अभिभावकले उनीहरूसँग प्रत्यक्ष भेटघाट गर्ने मौका प्राप्त गर्ने छन् ।
मेलामा सहभागी भएर विद्यार्थी विभिन्न विश्वविद्यालय तथा कोर्स, अध्ययन पछिका अवसरलगायतका विषयमा विश्वविद्यालयका प्रतिनिधिहरूसँग प्रत्यक्ष कुराकानी गर्न, र आफ्ना जिज्ञासाहरूको मेट्न सक्नेछन् । साथै छात्रवृत्तिका अवसरहरूबारे महत्वपूर्ण जानकारी पनि प्राप्त गर्न सकिनेछ ।
यस्तै हब इन्टरनेशनल एजुकेशनले शैक्षिक मेलामा सहभागी विद्यार्थीलाई टेस्ट तयारीमा पनि विशेष छुट दिएको छ । अहिलेको अवसरमा आइएलटिस र पिटिई मात्र २०८२ रुपैयाँमै सुरु गर्न सक्ने हबले जनाएको छ ।
कक्षा १२ को अध्ययनपछि र स्नातक तह पछिको उच्च शिक्षा अध्ययनका लागि विदेश जाने योजना बनाएका विद्यार्थीलाई यो शैक्षिक मेला फलदायी साबित हुने विश्वास हबले लिएको छ । शैक्षिक मेलाले विद्यार्थीलाई आवश्यक जानकारी र मार्गदर्शन प्रदान गर्नेछ । ‘ग्राण्ड मल्टिडेस्टीनेशन एजुकेशन फेयर–२०२५’मा सहभागी हुन यो लिङ्कमा क्लिक गरेर आवेदन दिन सकिनेछ ।



