त्रिवि सेवा आयोग द्वारा विभिन्न पदका लागि आवेदन माग

काठमाडौँ /२१ जेठ – त्रिभुवन विश्वविद्यालय सेवा आयोगले विभिन्न पदका लागि दरखास्त आह्वान गरेको छ । प्राध्यापक सहप्राध्यापक पदहरूमा आन्तरिक तथा खुला प्रतियोगिता द्वारा पदपूर्ति गर्न दरखास्त आह्वान गरेको हो ।


आवेदन योग्यता पुगेका व्यक्तिहरूले जेठ २६ गतेदेखि असरा २९ गतेसम्म र दोब्बर दस्तुरबाट साउन ६ गतेसम्म सकिने छ । आवेदन त्यो समयावधि भित्र दिन सकिने भपनि पद अनुसार अवधि तलमाथि रहेकोले आफूले दिन चाहेको पद, संकाय र विषयको आवेदन दिने मिति भने फरक फरक छ ।


आवेदन आयोगको वेबसाइट www.tusc.tu.edu.np मा अंकित online Application वा सिधै https://teachervacancy.tu.edu.np मार्फत अनलाईन दरखास्त दिन सकिने छ ।