निजी विद्यालयको प्रभावकारी अनुगमन गरिने

काठमाडौं/१५ जेठ – अर्थमन्त्री विष्णु पौडेलले निजी विद्यालयको प्रभावकारी अनुगमन गरिने जनाएका छन् । मंगलबार संघीय संसदमा आर्थिक वर्ष २०८२/०८३ को वजेट भाषण गर्दै सो जानकारी दिएका हुन् ।


राष्ट्रिय नियमन मापदण्ड तयार गरी निजी विद्यालयको समेत प्रभावकारी अनुगमन गरिनेछ । गुरुकुल गुम्बा मदरसा लगायतका परम्परागत शिक्षा पद्धतिको विषयगत र शैलीगत विशिष्टता संरक्षण र प्रवर्धन गरिनेछ बजेट भाषण मार्फत भने ।