काठमाडौं/१५ जेठ – अर्थमन्त्री विष्णु पौडेलले राष्ट्रिय शैक्षिक सुधार कार्यक्रमका लागि २ अर्ब ७२ करोड रकम विनियोजन गरेका छन् । मंगलबार संघीय संसदमा आर्थिक वर्ष २०८२÷०८३ को वजेट भाषण मार्फत सो घोषणा गरेका हुन् ।
राष्ट्रिय शैक्षिक सुधार कार्यक्रम अन्तर्गत तराई मधेसमा १५०० पहाडमा १००० र हिमालमा ५०० भन्दा बढी विद्यार्थी संख्या भएका विद्यालयको भौतिक पूर्वाधार निर्माणको लागि पूँजीगत अनुदान उपलब्ध गराइनेछ । साथै निर्माणाधीन नमुना विद्यालयको निर्माण कार्य सम्पन्न गरिनुका साथै यसका लागि रु २ अर्ब ७२ करोड विनियोजन गरिएको छ ।



