विदेशी विद्यार्थीलाई निशुल्क भिसा उपलब्ध गराइने

काठमाडौं/१५ जेठ – अर्थ मन्त्री विष्णु पौडेलले विदेशी विद्यार्थीलाई निशुल्क भिसा उपलब्ध गराइने जनाएका छन् । मंगलबार संघीय संसदमा आर्थिक वर्ष २०८२÷०८३ को वजेट भाषण गर्दै सो जानकारी दिएका हुन् ।


यसैगरी विश्वविद्यालयहरुमा विदेशी विद्यार्थी समेत आकर्षित गर्ने नीति लिइने र शैक्षिक क्यालेन्डर अवधि भरको लागि विदेशी विद्यार्थीलाई निशुल्क भिसा उपलब्ध गराइने जनाए । साथै त्यस्ता विद्यार्थीका अभिभावकलाई बहु प्रवेश भिसाको व्यवस्था मिलाइनेछ ।