शिक्षक आन्दोलन र माग बारे शिक्षामन्त्री, अर्थमन्त्री र गृहमन्त्रीबिच छलफल हुँदै

काठमाडौँ /२ बैशाख – आन्दोलनर शिक्षकहरूका मागलाई कसरी सम्बोधन गर्ने भन्ने विषयमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री, अर्थ मन्त्री र गृह मन्त्रीबिच छलफल हुने भएको छ । सरकारको तर्फबाट शिक्षकहरूका मागहरूलाई सम्बोधन गर्ने सन्दर्भमा अहिले ११ः ३० बजे छलफल हुने भएको हो ।


नेपाल शिक्षक महासङ्घले प्रधानमन्त्री बाहेक अरूसँग वार्ता नगर्ने अडान लिइरहेको अवस्थामा सरकारले तत्काल के के सम्बोधन गर्न सक्छ र त्यसलाई कसरी सम्बोधन गर्ने भन्ने विषयमा छलफल हुने स्रोतले जनाएको छ ।


सरकारसँग भएका सहमति सम्बोधन गरेर विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने माग राख्दै नेपाल शिक्षक महासङ्घको नेतृत्वमा देशै भरका शिक्षकहरू चैत २० गतेदेखि सडक आन्दोलनमा छन् । साथै चैत २५ गतेदेखि विद्यालय बन्दको घोषणा गरिएको छ भने बैशाख १ गते ११ गतेदेखि हुन लागेको कक्षा १२ को परीक्षा समेत बहिष्कार गर्ने महासङ्घले घोषण गरेको छ ।