दमक/२७ चैत – झापाको दमक नगरपालिका शिक्षा समितिले नयाँ शैक्षिक सत्र २०८२ सुरु हुनै लाग्दा केही दिन अघि संस्थागत विद्यालयहरू लाई गरेको वर्गीकरण प्रति चौतर्फी आलोचना भएको थियो ।
नगरपालिकाको शिक्षा समितिले सार्वजनिक गरेको विद्यालय वर्गीकरणको कार्यले शुल्क बृद्धिमा उत्प्रेरित गरेको, विद्यालयहरूमा विभेद ल्याएको, शिक्षा क्षेत्रलाई व्यापारिक सिन्डिकेटको फन्दामा फसाउने काग गरेको, बालबालिका र अभिभावकहरू माथि गम्भीर मानसिक असर पु¥याउने काम भएको भन्दै उक्त कार्यलाई तुरुन्त फिर्ता लिन विभिन्न विद्यार्थी संगठनहरूले नगरपालिकाको ध्यानाकर्षण गराएका थिए ।
विद्यार्थी संगठनहरूको ध्यानाकर्षण पश्चात् दमक नगरद्वारा आफ्नै निर्णय हाललाई कार्यान्वयन नगर्न÷नगराउन भन्दै संस्थागत विद्यालयहरूलाई परिपत्र गरेको छ ।
दमक नगर शिक्षा समितिको सिफारिसको आडमा संस्थागत विद्यालयहरूले शुल्क वृद्धि गर्ने कार्यविरुद्ध नेविसंघ, अनेरास्ववियु र अखिल क्रान्तिकारी विद्यार्थी संगठनहरूले हिजो मंगलबार संयुक्त रूपमा नगरप्रमुखलाई ज्ञापन पत्र बुझाएका थिए । ज्ञापन पत्र बुझाउदै उनीहरूले सो सम्बन्धी निर्णय खारेज गर्न नगर प्रमुख राम कुमार थापाको ध्यानाकर्षण समेत गराएका थिए ।
हुनेखाने र हुदाँखानेबिचको दुरी हटाउनुपर्नेमा विभेदकारी निर्णयले वर्गीय विभेद संस्थागत गराउने भन्दै त्यसलाई तुरुन्तै खारेजको गर्नुपर्ने, शिक्षा नीति समावेशी, पारदर्शी र समानतामा आधारित हुनुपर्ने तथा शिक्षा सबैका लागि सर्वसुलभ र सबैको पहुँचमा हुनुपर्ने संयुक्त ज्ञापनपत्रमा उल्लेख छ ।
विद्यार्थीहरूको ज्ञापन तथा नगर प्रमुखको ध्यानाकर्षण पश्चात् दमक नगरपालिकाले उक्त निर्णय तत्काल कार्यान्वयन नगर्नु भन्दै संस्थागत विद्यालयहरू लाई आज बुधवार परिपत्र जारी गरेको छ ।
नगर शिक्षा समितिको २०८१÷१२÷१९ को निर्णय अनुसार यस नगरपालिका भित्र सञ्चालित संस्थागत विद्यालयहरूलाई विभिन्न वर्गीकरण गरि सबै वर्गका लागी शैक्षिक सत्र २०८२ बाट लिन पाउने सबै प्रकारका शुल्क समेत निर्धारण गरि सार्वजनिक गरिएकोमा नगर कार्यपालिका बाट उक्त विषयमा थप निर्णय हुन बाँकी रहेकोले हाललाई उक्त सूचनालाई आधार मानी कुनै पनि ब्यहोरा कार्यान्वयन नगर्नु÷नगराउनुहुन जानकारी गराइएको नगर प्रमुख राम कुमार थापाद्वारा हस्ताक्षरित परिपत्रमा भनिएको छ ।
युवराज रेग्मी, झापा



