दिउँसै टर्च बालेर सरकारलाई खोज्दै शिक्षक

काठमाडौँ /२६ चैत – निरन्तर चैत २० गतेदेखि निरन्तर सडक आन्दोलनमा रहेका शिक्षकहरूले दिउँसै टर्च बालेर सरकारलाई खोजका छन् । आज ११ बजे माइतीघर मण्डलाबाट टर्च बालेर प्रदर्शन गरेका हुन् ।


विद्यालय शिक्षा ऐनमा शिक्षकहरूसँग भएको सहमति सम्बोधन गरेर तत्काल ऐन ल्याउनु पर्ने माग राख्दै दैनिक प्रदर्शन गर्दा पनि सरकारले नसुनेको भन्दै टर्च बालेर खोज्न थालिएको महासङ्घले जनाएको छ । शिक्षकहरूले आइतवार सिट्ठी फुकेर, सोमवार कालो मास्क लगाएर मौन प्रदर्शन गरेका थिए ।


यसैगरी महासङ्घले चैत २५ गतेबाट आम शैक्षिक हडतालको घोषणा गरेको । आन्दोलनको अवधिमा उत्तर पुस्तिका परीक्षण, नतिजा प्रकाशन, तालिम गोष्ठी, सेमिनार, शैक्षिक भ्रमण जस्ता कुनै पनि काममा संलग्न नहुन महासङ्घको निर्देशन रहेको छ ।